मातातीर्थ औंशीको अवसरमा ब्ल्यू हेभनको ज्येष्ठ माता सम्मान

0
10

अर्जुनधारा ।

 

मातातीर्थ औंशीको अवसरमा झापाको अर्जुनधारा–२स्थित ब्ल्यू हेभन एजुकेशन फाउण्डेशन इङलिस स्कूलले बुधबार एक कार्यक्रमकोबिच ज्येष्ठ माताहरुलाई सम्मान गरेको छ ।

विद्यालयका संरक्षक चुँडाकर्ण घिमिरेको अध्यक्षता र वडाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा ८ जना ज्येष्ठ मातालाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको प्रशासक डम्बर घिमिरेले जानकारी दिए ।

यसरी सम्मानित हुनेहरुमा अर्जुनधारा–३ निवासी इन्द्रकुमारी खड्का(७८), दिलमाया लिम्बू(७८), धनमाया कुमाल(७५), नर्वदा खड्का(७८), नर्वदा घिमिरे(७६), पवित्रा राउत(७१), विष्णुमाया श्रेष्ठ(८२) र अर्जुनधारा–४ निवासी अतिमाया विष्ट(७६) रहेका छन् ।

उनीहरुलाई प्रमुख अतिथि श्रेष्ठ, विद्यालयका कम्पनी अध्यक्ष तुलसीप्रसाद खतिवडा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनारायण गुरागाईं, संरक्षक घिमिरेलगायतले सम्मान पत्र हस्तान्तरण गरेका थिए । शिक्षक यज्ञदेव इङनाम लिम्बूले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का शिक्षक रुद्र लामिछानेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here