गणतन्त्र दिवसको अवसरमा कालिका पीठमा हाजिरीजवाफ प्रतियोगिता

0
6

कालीस्थान।

१७ औ गणतन्त्र दिवसको अवसर पारेर कालिका सस्कृत बिद्यापीठ अध्ययनरत बिद्यार्थीहरुले अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेका छ्न ।

प्रतियोगितामा चार समूह सहभागी थिए । प्रतियोगितामा गणेश निरौला नेतृत्वको मधेस प्रदेश समूह प्रथम, प्रयास खतिवडा नेतृत्वको कोशी प्रदेश समूह दोस्रो, दिप्सन पोखरेल नेतृत्वको गण्डकी प्रदेश समूह तृतीय भएका थिए ।

बिद्यालयका प्राचार्य आ. रघुनाथ रिजालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कालिकापीठ कालीस्थानका सचिब भोलानाथ पोखरेल, सहसचिव राम मिश्र, सह–प्राचार्य भरत अधिकारी लगायतको आतिथ्य रहेको थियो ।

आकाश निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रवेश खतिवडाले सहजीकरण गरेका थिए भने सबिन ढकाल र उमेश निरौलाले सन्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here