मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

0
34

झापा।

झापाको गौरादह नगरपालिका–१ सितापुरीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गयराती लु ९ प १२७१ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई सडकको छेउमा रहेको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकलमा पछाडी सवार देश भारतका ४१ बर्षीय कमल ठाकुरको निम्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न मोटरसाईकल चालक स्थानीय ३३ बर्षीय गोपाल ठाकुरलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here