सुन्दरहरैचामा कुखुरा फार्म सञ्चालकको बन्चरो प्रहार गरी हत्या

0
78

मोरङ,

मोरङको सुन्दरहरैँचामा कुखुरा फार्म सञ्चालकको हत्या भएको छ।

बिहीबार बिहान १०ः३० बजेतिर सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्या गरेको अवस्थामा शव फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

घरनजिकै कुखुरा फार्म सञ्चालन गर्दै आएका बजगाईंको त्यही फार्मभित्र शव भेटिएको कार्कीले बताए ।बजगाईंको टाउको तथा शरीरका अन्य भागमा गहिरो चोट देखिएको छ।

घटनास्थलमा रगत लतपतिएको अवस्थामा बन्चरो र दाउरा फेला परेको छ। मृतकको शरीरमा बन्चरो र दाउले प्रहार गरेजस्तो चोट देखिएको प्रहरी प्रमुख कार्कीले बताए।

यद्यपि, हत्यामा संलग्नको पहिचान भएको छैन । बजगाईंको खुकुरा फार्ममा काम गर्न श्रीमान्-श्रीमती बस्दै आएका थिए। घटनास्थलमा नभेटिएका कारण हत्या उनीहरुले नै गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

उनीहरूको खोजी भइरहेको कार्कीले बताए। मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाएर छ भने घटनाबारे थप अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here