कार र मोटरसाइकल ठोक्किदाँ मोटरसाइकल चालकको मृत्यु

0
1

विराटनगर ।

मोरङको विराटनगरमा कार र मोटरसाइकल ठोक्किएर सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कोशी लोकमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–३ पिपलचोकमा दुर्घटना भएको हो ।

उत्तरबाट आएर पूर्वतर्फ मोडिँदै गरेको को १ च ५१९१ नम्बरको कार र भित्री सडकबाट कोशी लोकमार्गतर्फ निस्कदै गरेको मधेस प्रदेस ०१–००४ प २७८४ नम्बरको मोटरसाइकल एकपासमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङको बूढीगंगा गाउँपालिका–५ का ४० वर्षीय फेकुलाल सरदारको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

दुर्घटनालगत्तै प्रहरीले कार र चालक मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ४६ वर्षीय जीवन कटवाललाई नियन्त्रणमा लिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here