कमल गाउँपालिकाका शिक्षकलाई योग तालिम

0
37

कमल ।

कमल गाउँपालिकामा शिक्षकलाई आजबाट योग तालिम सुरु गरिएको छ ।

कमल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा कमल २ स्थित महेन्द्र रत्न माध्यमिक विध्यालयको सभाहलमा विहान ६.३० बजे देखी ८.३० बजे सम्म सन्चालित तालिम एक हप्ता सम्म सन्चालनमा रहने छ ।

गाउँपालिकामा रहेका सामुदायीक विध्यालयमा स्वास्थ्य शारिरिक विषय अध्यापन गराउने शिक्षकलाई लक्षित गरि तालिम आयोजना गरीएको आयोजकले जनाएको छ । तालिमा सहभागी शिक्षकले तालिम पछि आ आफ्ना विद्यालयमा गएर विध्यार्थिलाइ योग गराउनु पर्ने हुन्छ ।

योगलाई सबै विध्यार्थि माझ पुर्यान समेत यो तालिम सहयोगी बन्नेछ । त्यसैले तालिममा सक्रिय रुपमा सहभागी भै फाईदालिन कमल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख सुर्य प्रसाद न्यौपानेले सहभागीलाई अनुरोध गर्नु भयो ।

तालिममा कमल गाउँपालिका भित्र सञ्चालनमा रहेका २१ वटा सामुदायीक विध्यालयका स्वास्थ्य शारिरिक विषय अध्यापन गराउने शिक्षक र नृत्य शिक्षक सहभागीता रहेको शिक्षा शाखाका कर्मचारी रविन गौतमले बताउनु भयो ।

तालिमा सहभायीलाई पतन्जली योग समिति झापाका भिडिया प्रभारी उमानाथ भण्डारी र कमल गाउँसमितीका अध्यक्ष त्रिलोचन गौतमले सहजीकरण गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here