कमल ।
झापाको कमल गाउँपालिकामा अपाङ्गता भएका व्याक्तिहरुलाई सहायक सामाग्री वितरण र सामुदायीक विद्यालयहरुमा अध्यायनरत अपाङ्गता तथा कुष्ठ प्रभावित बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
“ समावेशी तथा दिगो भविश्यको पुर्वाधार, अपाङ्गता भएका व्याक्तिहरुको प्रवल नेतृत्व यसको आधार” भन्ने नाराका साथै अपाङ्गता भएका व्याक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा सहायक सामाग्री र शैक्षिक सामाग्री वितरण गरीएको हो ।
कमल अपाङ्गता समितीको आयोजना तथा कमल गाउँपालिकाको समन्वयमा सम्पन्न कार्यक्रम अन्र्तगत ह्विल चियर १४ जनालाई , सेतो छडी ४ जनालाई र शैक्षिक सामग्री २९ जनालाई वितरण गरिएको कमल अपाङ्गता समितिका सचिव लोकबहादुर खड्काले बताउनुभयो ।
कमल अपाङ्गता समितिका अध्यक्ष पिताम्वर खड्काको अध्यक्षतामा भएको कार्यक्रमममा कमल गाउँपालिका ५ नम्वर वडा अध्यक्ष लाल बहादुर विष्ट, ६ नम्वर वडा अध्यक्ष नरेन्द्र भट्टराई र कार्यपालिका सदस्य चन्द्रकला सुब्बाले कमल गाउँपालिकाले अपाङ्गता भएका व्याक्तिहरुलागी विभिन्न कार्यक्रम गर्दै आएको र आगामि दिनमा समेत अपाङ्गता भएका व्याक्तिहरुकालागी विभिन्न कार्यक्रम गरिने बताउनुभयो ।