गौरादहमा आगलागी हुँदा ६ वटा चौपाया मरे, दुईवटा मोटरसाइकल जल्यो

0
36

झापा ।

झापाको गौरादहमा आगलागी भएको छ । आगलागीमा परी ६ वटा चौपाया जलेर मर्नुका साथै १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

गौरादह नगरपालिका-४ डोरामारी बस्ने खड्गबहादुर कार्कीको जस्ताको छानो, सिमेन्टको पिलर भएको एकतले ग्वालीमा अचानक आगलागी भएको हो । आगलागीबाट ग्वालीमा भएका खसी एउटा, माउ बाख्रा एउटा, पाठापाठी ३ वटा, गाईको बाच्छी जलेर मरेका छन् ।

त्यस्तै एउटा गाई जलेर घाइते भएको छ । ग्वालीमा रहेको को १९ प ४४९८, को १९ प ६६७८ नम्बरको मोटरसाइकल, अन्नपात पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी १५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी महारानीझोडाबाट खटिएका प्रहरी,गौरादह नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा एक घण्टाभित्र आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here