कमल ।
झापाको दमकमा अपाङ्गता समावेशी विकास प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन हुने भएको छ ।
आगामी २०८१ साल पौष १६ देखी २० गते (३१ डिसेम्वर २०२४ देखी ४ जनवरी २०२५) सम्म झापाको दमकमा अपाङ्गता समावेशी विकास प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन हुने पत्रकार भेटघाट कार्यक्रममा आयोजकले जानकारी गराएको हो ।
“अपाङ्गता समावेशी न्यायमा पहुँच सहितको जनउत्तरदायी स्थानीय सरकार, दिगो भविष्यका लागि अपाङ्गता भएका व्याक्तिहरको सशक्त नेतृत्व हाम्रो सरोकार” नाराका साथ दमक नगरपालिकाको आयोजनामा दमक अपाङ्ग सहयोग समिती, अपाङ्ग मानव अधिकार प्रवद्र्धन समाज काठमाडौ र एविलिटी मञ्च प्रालि काठमाडैको प्राविधिक सहयोगमा तालिम सञ्चालन हुने ।
स्थानिय सरकारलाई यस विषयमा सहयोग तथा सहजिकरण गर्ने पर्याप्त जनशक्तिको अभावलाई मध्यनजर गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने उद्येश्यले तालिम सञ्चालन गर्न लागेको राष्ट्रिय अपाङ्ग महासंघका पुर्व अध्यक्ष सुदर्शन सुवेदीले बताउनुभयो ।
तालिमा कोशि प्रदेश बाट १८, भुटानी शरणर्थी शिविरबाट ४ र अन्य ६ वटा प्रदेश बाट १८ जना गरि जम्मा ४० जना महिला तथा युवा तालिममा सक्रिय रुपमा सहभागी हुने छन् । तालिमले सहभागीको क्षमताको विकास गराई अपाङ्गता भएका वयाक्तिहरको समावेशी बिकास, न्यायमा पहँच तथा नीति निर्माणमा सहभागतिा वृद्धि गर्न र कोशी प्रदेशको दमकमा स्थापना हुन लागेको सामुदायिक एकिकृत अपाङ्गता पुनर्थापना केन्द्रको अवधारणालाई कार्यान्वयन गर्न मद्दत पुग्ने दमक अपाङ्ग सहयोग समितिका अध्यक्ष खगेन्द्र बहादुर भट्टराईले बताउनुभयो ।
स्थानिय तहमा अपाङ्गता भएका व्याक्तिहरुको न्यायमा पहुँच , सामुदायिक समावेशी विकासका नविनतम आवधारणमा अगाडी नवडेको कारणले औचित्य पुर्ण सहभागीता हुन नसकेका कारण अहिले पनि अपाङ्गका क्षेत्रमा धेरै काम गर्नु पर्ने अवस्था रहेको अपाङ्ग महासंघका केन्द्रिय सदस्य मदन वोहोराले बताउनुभयो ।