अभियान नेपाल बहुउद्देश्यीयको २३औं साधारणसभा सम्पन्न

0
16

अर्जुनधारा ।

झापाको अर्जुनधारा–३ खुदुनाबारीस्थित अभियान नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

“सहकारीमा सुशासनः प्रविधि र एकीकरण” भन्ने मुख्य नारासहित स्थानीय जनता माध्यमिक विद्यालयको सभाहलमा संस्था सञ्चालक समितिका अध्यक्ष लोकमान श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य तिलचन पाठकले गरेका थिए ।

कार्यक्रममा सञ्चालक समितिको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष श्रेष्ठ, आन्तरिक लेखा समितिको प्रतिवेदन समितिका सदस्य केशव खनाल र गत आर्थिक वर्ष ०८०÷०८१को वास्तविक बजेट तथा चालु आर्थिक वर्ष ०८१÷०८२को अनुमानित बजेट नीति तथा कार्यक्रम व्यवस्थापक टेकबहादुर राईले प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी एक करोड ८५ लाख २५ हजार रुपैयाँ, कोषमा तीन करोड ८७ लाख १४ हजार तीन सय २० रुपैयाँ १० पैसा, बचत पाँच करोड ६५ लाख ६३ हजार पाँच सय २८ रुपैयाँ ६५ पैसा, लगानीमा रहेको रकम १३ करोड पाँच लाख २५ हजार पाँच रुपैयाँ, वार्षिक कारोबार तीन करोड १८ लाख ११ हजार नौ सय ८३ रुपैयाँ ३५ पैसा, खुद नाफा ४८ लाख ६४ हजार आठ सय ५७ रुपैयाँ ९६ पैसा, जम्मा वासलात १६ करोड ४३ लाख ६३ हजार नौ सय ५८ रुपैयाँ ४४ पैसा उल्लेख गरिएको छ ।

त्यसैगरी कर्मचारी विधामा सम्मान गरिने सम्मानतर्फ संस्थामा कार्यरत सहलेखापाल उर्मिलादेवी शर्मालाई उनको कार्यसम्पादनको मूल्याङ्कन गर्दै नगद राशी १५ हजारसहित कदर पत्रबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा संविधान सभा सदस्य प्रेमबहादुर गिरी, अर्जुनधारा नगरपालिकाकी निवर्तमान उपप्रमुख कमला खतिवडा आचार्य, सिस्ने कृषि सहकारी संस्थाका अध्यक्ष सागर ढुंगेललगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिकी उपाध्यक्ष चन्द्रमाया तामाङले स्वागत गरेको उक्त कार्यक्रको सञ्चालन सदस्य हरिबहादुर वाग्लेले गरेका थिए ।

सोही सभाले आगामी चार वर्षे कार्यकालको लागि नयाँ सञ्चालक समिति पनि चयन गर्ने संस्थाका व्यवस्थापक राईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here