बाहुनडाँगी जेसीजका अध्यक्ष बानियाँ देशकै वर्ष उत्कृष्ट शाखा अध्यक्ष

0
27

बिर्तामोड, बाहुनडाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँ वर्ष उत्कृष्ट शाखा अध्यक्षबाट सम्मानित भएका छन् ।
उनलाई नेपाल जेसीजको हालै सम्पन्न राष्ट्रिय महाधिबेशनमा सम्मान गरिएको हो । यही पुस ६ गतेदेखि ८ गतेसम्म इटहरीमा सम्पन्न नेपाल जेसिजको ५१ औँ राष्ट्रिय महाधिवेशनबाट जेसीजका १७८ वटा शाखा मध्येबाट बानियाँलाई वर्षकै सक्रिय अध्यक्षको अवार्डबाट सम्मान गरिएको हो ।
अध्यक्ष बानियाँलाई नेपाल जेसीजका वर्ष २०२४ का राष्ट्रिय अध्यक्ष रविन पोखरेलले सम्मान गरेका हुन् ।
बानियाँले बाहुनडाँगी जेसीजको नेतृत्व सम्हालेयता ६१ वटा उत्कृष्ट कार्यक्रम सम्पन्न गरेका थिए । त्यस्तै, बाहुनडागी जेसीज १२ महिना अवार्ड पाउने शाखाको रुपमा समेत सम्मानित भएको छ ।
नेपाल जेसीजले दिएका जिम्मेवारीहरुलाई पूरा गर्दै बाहुनडाँगी जेसीजलाई १०० प्रतिशत एफिसेन्सी अवार्डबाट सम्मान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here