बिर्तामोड महोत्सवमा कृषि स्टललाई निःशुल्क गरिन्छ

0
32

बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा माघ ८ गतेदेखि १९ गतेसम्म ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ हुँदैछ । सुस्ताएको व्यवसायलाई थप चलायमान बनाउँदै व्यवसायीको आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यसहित आयोजना गरिएको व्यापार महोत्सवमा सार्क राष्ट्रका व्यवसायीले सहभागिता जनाउने छन् । अन्तर्राष्ट्रिय मापदण्डका ह्याङ्गरसहित आयोजना गरिने महोत्सवका विषयमा महोत्सव मूल आयोजक समितिका संयोजक विशाल थापासँग गरिएको कुराकानीको सम्पादित अंश : 

बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’को तायारी कहा पुग्यो ?

– महोत्सवको तयारी तीव्र बनाइएको छ । अहिले विभिन्न प्रविधिक पक्षको काम भइरहेको छ । महोत्सवलाई उद्देश्यमुखी र अझ बढी फलदायी बनाउन विभिन्न पक्ष र सरोकारवालाहरुसँग अन्तरसंवाद जारी राखेका छौं । उहाँहरुबाट सकारात्मक सुझावहरु लिइरहेका छौं । निश्चय नै यो महोत्सवलाई सफल बनाउन सबैको साथ र सहयोग रहनेछ । बिर्तामोड उद्योग वाणिज्य संघको नेतृत्वले लिएको ऐजेण्डा अनुसार नै काम भइरहेको छ । यो महोत्सवलाई आम व्यवसायीसहित सबैले अपनत्व ग्रहण गर्न सक्नेगरीको बनाउन हामी कसरत गरिरहेका छौं ।

व्यवसायीको आर्थिक समृद्धि मुख्य उद्देश्य राखी सञ्चालन गर्न लागिएको यो महोत्सवले सुस्ताएको व्यवसायलाई थप चलायमान बनाउन कतिको मद्दत पु¥याउ“छ ?

– सर्वप्रथम आम नागरिकमा महोत्सव किन लागेको भन्ने कुरा पनि उठ्न सक्छ । कुनै पनि चिजको डिमाण्ड भएन भने बजार सुस्ताएको मान्नु पर्छ । पछिल्लो समय कोभिड–१९ पछि बजार सुस्त छ । व्यवसाय नचल्दा व्यवसायीहरु बैंकको ऋण तिर्न सकिरहेका छैनन् । बैंकको व्याज उच्च हुँदा व्यवसायीलाई समस्या परेको हामीले सुनेकै छौं । किनकि व्यवसाय चलायमान भएन भने व्यवसायी पलायनको बाटोमा पुग्छन् । व्यवसायलाई चलायमान बनाउन उद्योग वाणिज्य संघको पहिलो कर्तव्य हुन जान्छ ।

बेमौसमी मेला बजारहरूको भीडबाट आफ्नो पहिचान अलग्गै कायम गर्न बिर्तामोड औद्योगिक व्यापार महोत्सव सफल होला त ? हस्तकला, तयारी पोशाक, मौलिक खाद्य सामग्री, कृषि प्रशोधन र स–साना व्यवसाय सञ्चालन गर्ने समुदाय तथा समूहलाई समावेश गराउने विषयमा के सोच्नु भएको छ ?

– बजारमा छिटफुट देखिएका मेला महोत्सवभन्दा यो महोत्सव पृथक छ । किन पृथक छ भने यो महोत्सवले समग्र अर्थतन्त्रलाई चलायमान बनाउँछ । यो महोत्सवमा सार्क राष्ट्रका व्यवसायीहरु सहभागी हुन्छन् । नेपालका पूर्व मेचीदेखि महाकालीसम्म र हिमालदेखि तराईसम्मका व्यवसायीले आफूले उत्पादन गरेका सामग्रीको प्रर्दशनीदेखि बिक्री–वितरण गर्ने थलो हो यो महोत्सव । अरु मेला महोत्सवमा के भयो कसो हुन्छ भन्नुभन्दा पनि बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव व्यावसायीले उत्पादन गरेका सामग्रीको बजारीकरण र उत्पादकत्व चलायमान बनाउने काम गर्छ । जसले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ । तीन तहकै सरकार, सार्क राष्ट्रका व्यवसायीसँग साझेदारी भएका कारण पनि महोत्सवले अर्थतन्त्रलाई ‘ग्रोथ’ गर्ने निश्चित छ । भारत, वंगलादेश, भुटान, श्रीलंकाका पनि धेरै स्टलहरु हाम्रो महोत्सवमा रहन्छन् ।

कृषि उद्यम र कृषि व्यापारलाई यो महोत्सवले थप प्रोत्साहन गर्न सक्ला ?

– निश्चय पनि सबै क्षेत्रलाई समेट्ने गरी हामीले यो महोत्सव आयोजना गरेका हौं । यो र त्यो होइन । सबै तह र तप्का, सबै क्षेत्रलाई समेटेर आयोजना गरिएको यो महोत्सवले झापादेखि पहाडी जिल्लामा उत्पादन हुने सामग्रीको बजारीकरण र बिक्री–वितरणमा यो महोत्सवले सघाउ पु¥याउँछ । महोत्सवमा स्थानीय उत्पादनदेखि कृषि उपजका व्यवसायको समेत प्रवद्र्धन गरिन्छ । संस्कार संस्कृतिसँग जोडिएका सबै बस्तुको प्रवद्र्धनमा पनि हामी केन्द्रीत छौं । नेपालमा निर्यातभन्दा आयात बढी छ । कसरी यहाँ उत्पादित वस्तु अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्न सक्छौं त्यो तर्फ हाम्रो ध्यान केन्द्रीत हुनेछ ।

बिर्तामोड र आसपासका क्षेत्रमा साना तथा ठूला उद्योगहरू सञ्चालन गरी आर्थिक गतिविधि सशक्त बनाउने प्रयत्न गरिरहेका यहा“का व्यवसायीहरूले देश–विदेशका विभिन्न भागमा उत्पादित सामग्रीहरूको भण्डारण, वितरण र निर्यातको काम पनि गरिरहेका छन् । तर, यहा“ उत्पादित वस्तु निर्यातका विषयमा अन्तर्राष्ट्रिय रुपमा बजारीकरण गर्न सकिएला ?

– काठमाडौंमा पनि ‘अन्तर्राष्ट्रिय ट्रेडफेयर’ हुन्छ । काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार महोत्सवमा सार्क र सार्क राष्ट्रभन्दा बाहिरका व्यवसायीको सहभागिता रहन्छ । त्यो राजधानी भयो । तर, मोफसलमा यो खाले महोत्सव आयोजना गरिरहँदा हामीले अन्तर्राष्ट्रिय स्टलभन्दा देशकै उत्पादनको बजारीकरणलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ । त्यस हिसाबले हाम्रा पहाडी जिल्ला इलाम, पाँचथर, भोजपुर, ताप्लेजुुङ्ग आदि जिल्लामा उत्पादित सामग्रीको बजारीकरणमा यो महोत्सवले सहयोग पु¥याउँछ । यहाँ चियादेखि चिज, अलैंचीदेखि ओखतीसम्मका कृषि उपज बिक्री–वितरण र बजारीकरणमा सहयोग पुग्छ । घीउ र छुपी त युरोपियन मुलुकमा समेत निर्यात छ । त्यस्ता सामग्री उत्पादनमा समेत प्रोत्साहन गर्न यो महोत्सव सफल हुने हाम्रो अपेक्षा छ । हामीले स्थानीय सरकारसँग सहकार्य गर्दै गर्दा त्यस्ता कृषि स्टललाई निःशुल्क गर्ने भनेका छौं । जसले कृषि उत्पादनको बजारीकरणमा सहयोग पुगोस् ।

महोत्सवमा कति स्टलहरु रहन्छन् ? अनि कस्ता–कस्ता स्टलहरु रहन्छन् ?

– स्टलको कुरा गरिरहँदा पछिल्लो महोत्सवलाई फर्केर हेर्नु पर्छ । पछिल्लो महोत्सवमा हामीले दुई सय वटा स्टल राखेका थियौं । तर, यो वर्ष हामीले एक सय ५० वटा मात्र स्टल राख्ने जर्मको गरेका छौं । जुन स्टल चुस्तदुरुस्त रहन्छन् । हाम्रा स्टलहरु अन्तर्राष्ट्रिय मापदण्डमा बनाइएका ह्याङ्गरमा रहन्छन् । एक सय १४ वटा स्टल ह्याङ्गरसहित आधुनिक प्रविधिका रहन्छन् । जुन स्टलमा हामी परम्परागत रुपमा तयार गरिने, बाँसको प्रयोग गर्दैनौं । टिनले घेराबेरा गर्दैनौं । हाम्रा स्टल ब्लक–ब्लक हुन्छन् । अर्थात् अन्तर्राष्ट्रिय मापदण्डको आधारमा स्टल तयार गरिन्छ ।

महोत्सवमा सहभागिताका लागि कुन–कुन देशबाट व्यवसायीहरु आउछन् ?

– यो महोत्सव अन्तर्राष्ट्रिय स्तरको भएका कारण सार्क राष्ट्रका व्यवसायीको सहभागिता रहन्छ । सबै देशका व्यवसायीलाई समेट्न नसकिएला तर, उनीहरुको प्रतिनिधित्व भने अवश्य हुन्छ । २५ देखि ३० वटा स्टल अन्तर्राष्ट्रिय व्यापार महोत्सवमा प्रदान गर्ने प्रयत्न गरेका छौं । बंगलादेश, पाकिस्तान, भुटना, भारत, श्रीलंका लगायतका देशबाट व्यवसायीको सहभागिता रहन्छ ।

महोत्सवले साना तथा ठूला व्यवसायी, उत्पादक, निर्यातकर्ता र उपभोक्तालाई एउटै मञ्चमा भेला गराउने अवसर त प्रदान गर्छ । यहा“ राखिएका प्रदर्शनी तथा बिक्री कक्षमा अटोमोबाइल्स, इलेक्ट्रोनिक्स, निर्माण सामग्री, कृषि तथा जडिबुटी, हस्तकला, पर्यटन, र दैनिक उपभोग्य वस्तुहरूको प्रदर्शनी हुने नै छ । त्यसका अलावा महोत्सवलाई थप आकर्षक बनाउन के गर्नुहुन्छ ?

– महोत्सव भन्ने बित्तिकै माहोल नै फरक हुने हामीलाई हाम्रो विगतको पनि अनुभव छ । महोत्सवमा देशभर उत्पादन भएका निश्चित वस्तुको प्रतिनिधित्व गराएर बजारीकरण पनि हुन्छ । यहाँ एकै ठाउँमा विभिन्न प्रकारका वस्तु उपलब्ध गराएर बिक्री पनि गर्ने गरिन्छ । त्यस अर्थमा देशभरका व्यवसायी र कृषक एकैथलोमा हुने त भइहाले । अझ दैनिक उपभोग्य वस्तुको समेत प्रर्दशनी र बिक्री–वितरण हुने हुँदा अर्थतन्त्र नै चलायमान रहन्छ । समग्रमा भन्दा यो महोत्सव भनेको ठूलो डिपाटमेन्ट स्टोर जस्तै हो ।

महोत्सवमा कति मानिसले अवलोकन गर्लान् ?

– महोत्सवमा एक लाख ५० हजारभन्दा बढी मानिसले अवलोकन गर्ने हाम्रो अपेक्षा हो । त्यसमा नेपाली मात्र नभई भारतसहित विभिन्न राष्ट्रका मानिसको सहभागिता रहन्छ ।

महोत्सवको सुरक्षार्थ के बन्दोबस्त मिलाइएको छ ?

– महोत्सवको सुरक्षार्थ प्रमुख जिल्ला अधिकारीसहित तीन वटै सुरक्षा निकायका प्रमुखसँग हाम्रो छलफल र परामर्श भएको छ । हाम्रा आफ्नै सुरक्षा गार्ड (सेक्युरिटी)को व्यवस्थापन गर्छाैं । त्यस अलावा सीसी क्यामेराको निगरानीमा महोत्सव रहनेछ । समाजका लब्धप्रतिष्ठित व्यक्तिसँग पनि यो विषयमा छलफल र परामर्श भएको छ । सुरक्षाको हामी पूर्ण प्रत्याभूति गराउन पछि पर्दैनौं ।

महोत्सव सञ्चालन गर्ने केही कठिनाइहरु पनि आउन सक्छन् ? तथापि, महोत्सव सञ्चालानार्थ अघि बढ्दा स्थानीय व्यवसायी, नागरिक समाजका अगुवा, राजनीतिक दल, सरोकारवाला निकायसहित स्थानीय, प्रदेश तथा संघीय सरकारको कस्तो सहयोग र सद्भाव पाउनुभएको छ ?

– समोत्सव सञ्चालनार्थ हामीले सबै पक्षसँग छलफल र परामर्श गरेका छौं । यो महोत्सव सफल बनाउन सबैको साथ र सहयोग छ । अझ स्थानीय, प्रदेश र संघीय सरकारले समेत यो महोत्सवलाई अपनत्व ग्रहण गर्दै व्यवसायलाई चलायमान बनाउन अहम् भूमिका निर्वाह गर्ने हामीलाई विश्वास छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here