लक्ष्मीपुर ।
झापाको अर्जुनधारा नगरपालिका–५ का सामाजिक ब्यक्तित्व राजु गिरीले स्थानीय एक जना असक्त बृद्धलाई ह्वील चियर बितरण गरेका छन् । सहारा नेपालका लेखा अधिकृतसमेत रहेका गिरीले बिर्तामोड–२ का ७८ बर्षिय असक्त अभिनारायण खनाललाई ह्वील चियर प्रदान गरेका हुन् ।
राजु गिरीले नेपाल दशनामी समाज बिर्तामोड नगर समितिका बरिष्ठ उपाध्यक्ष खेमराज गिरीमार्फत बृद्ध खनाललाई ह्वील चियर बितरण गरेका हुन् । खेमराजले बृद्ध खनालको घरमै पुगेर आज (शनिवार) राजु गिरीले प्रदान गरेको ह्वील चियर बृद्ध खनाललाई हस्तान्तरण गरेको बताए ।
राजु गिरीले प्रत्येक बर्ष आफ्नो बैवाहिक बर्षगाठ, उनको, श्रीमती र छोराछोरीको जन्मोत्सवका अवसरमा बिभिन्न सामाजिक संघसंस्था, अपाङ्गता तथा असक्त भएका ब्यक्तिहरुलाई ह्वील चियर र अन्य आवश्यकीय सामाग्री बितरण गर्दै आएका छन् ।
गिरीले केही बर्ष यता यस्ता सामाजिक कार्य गर्ने इच्छा जागेको र सोही अनुरुप अपाङ्गता, असक्त र सामाजिक संघ/संस्थालाई आफुले सकेको सहयोग गरेको बताउँदै अरुलाई पनि सहयोग गर्न आग्रह गरेका छन् ।