झिलझिले माविले माविले गर्यो विभिन्न व्यक्तिलाई सम्मान

0
105

झिलझिले।

शिवसताक्षी नगरपालिका वडा नम्बर ८ को झिलझिले माध्यमिक विद्यालय ले विभिन्न क्षेत्रका सामाजिक अगुवालाई सम्मान गरेको छ ।

विद्यालयको श्रीवृद्धिका निमित्त अक्षय कोष स्थापना गर्ने दाता दिपक कुमार न्यौपाने र उनकी श्रीमती बालकुमारी अधिकारी न्यौपानेलाई सम्मान गरिएको हो । सम्मानित दम्पतीले विद्यालयमा दिवंगत बुवा आमाको स्मृतीमा अक्षय कोष स्थापना गरेका छन् । न्यौपाने दम्पती झिलझिले माध्यमिक विद्यालयका पुर्व शिक्षक हुन् ।

यस्तै स्थानिय विश्वराज ओझा र उनकी श्रीमती अम्बिका ओझालाई पनि सम्मान गरिएको छ । ओझा दम्पति पनि अक्षयको दाता हुन् । सामाजिक क्षेत्रमा कृयाशिल रहेर विद्यालयलाई हर कोणबाट सहयोग गर्ने तारा मेहता र बिनोद सापकोटालाई पनि सम्मान गरिएको छ ।

यस्तै विद्यालयका पूर्व प्रधानाध्यापक इन्द्रबहादुर बस्नेत, पूर्व शिक्षक लक्ष्मी बिष्ट र जेष्ठ शिक्षिका इन्दिरा काफ्लेलाई पनि सम्मान गरिएको थियो । सो कार्यक्रममा विद्यालयको सरसफाई कर्मचारी स्वर्गीय पार्वती मलिकलाई मरणपरान्त सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिका का नगर प्रमुख मेगाहाङ थोप्राले सम्मानित व्यक्तित्वलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेका थिए । कार्यक्रममा एनसीसी क्यारेडका विद्यार्थी र नेपाल स्काउटका विद्यार्थीलेत मार्च पास गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रम मा विद्यालयका प्रधानाध्यापक खेमराज निरौलाले स्वागत तथा विद्यालयको अवस्थाको बारेमा कार्यक्रमका अतिथी, अभिभावक सहभागीलाई जानकारी गराएका थिए । शिक्षक प्रेम खड्काले सञ्चालन गरेको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू सम्पन्न भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here