बिर्तामोड ।
झापाको बिर्तामोड–६ मा सञ्चालित तक्षशीला प्रोगे्रसीभ इग्लिस स्कुलमा एआई प्रबिधिबाट अध्ययन हुने भएको छ । बिद्यालयले थ्रिडीआई ९एआई० ल्यावको उद्घाटनसँगै उक्त प्रबिधिबाट पढाई हुने भएको हो । थ्रिडीआई ९एआई० ल्यावको उद्घाटन बिद्यालयका सञ्चालक दुर्गा प्रसाईले आज ९सोमबार० गरेका हुन् ।
हाल एआईको जमाना भएकाले बिद्यार्थीलाई भविश्यमा प्रबिधिमैत्री बनाउन तथा ब्यहारिक शिक्षा दिने उदेश्यले बिद्यालयले उक्त ल्याव सञ्चालनमा ल्याएको बिद्यालयका सञ्चालक प्रोमिश गिरीले जानकारी दिए । उनका अनुसार यो प्रक्रियाबाट पढाइ गराउँने कोशी प्रदेशमै पहिलो बिद्यालय तक्षशीला हो ।
बिद्यालयकी कार्यकारी निर्देशक डा। अञ्जली कार्कीका अनुसार उक्त ल्याव एक करोड ५० लाखको लगानीमा स्थापना गरिएको हो ।
तक्षशीलामा मण्टेश्वरीसहित कक्षा १० सम्म अध्यापन गराइदै गरेको डा। कार्कीले बताइन् । बिद्यालयमा सात सय बिद्यार्थी अध्ययनरत छन् भने करिव ५० जना शिक्षकशिक्षका रहेको बताइएको छ ।