बिर्तामोड ।
झापाको बिर्तामोडमा राइनोज एजुकेशन कन्सल्टेनसी सञ्चालनमा आएको छ ।
सरस्वती पुजाको अवसर पारेर राइनोजको बिर्तामोड शााको उद्घाटन गरिएको हो । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाका अध्यक्ष रोशन सुवेदीले राइनोज एजुकेसनको लोगो आवरण गर्दै शाखाको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा वाणिज्य संघका अध्यक्ष न्यौपानेले विद्यार्थीहरू पढेर आफ्नो ज्ञान सिप सिकेर नेपालमै आएर कार्य गर्दा देश र व्यक्तिगत हित हुने बताए । उनले विदेशमा अध्धयनका क्रममा सिकेका कुरालाई आफ्नै देशमा आएर प्रयोग गर्नुपर्ने धारणा ब्यक्त गरे ।
सरस्वती पूजाको दिन राइनोज एजुकेशन सर्भिसको समुद्घाटन भएकोमा बधाई ज्ञापन गर्दै अध्यक्ष न्यौपानेले व्यवसाय तथा एजुकेशन सर्भिसहरुले निष्पक्ष रुपमा सत्यतथ्य कुरालाई उजागार गर्दै सही मार्ग निर्देशन गर्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा बोल्दै एक्यान झापाका अध्यक्ष सुवेदीले विद्यार्थीहरुले सबै पढ्न चाहेको कुरा नेपालमा पढ्न नपाएर उनीहरू विदेश पढ्न चाहने भएकाले कन्सल्टेन्सीहरुले सही मार्ग निर्देशन गर्नुपर्ने बताए । उनले सरकारले राम्रो पोलिसी लिएमा नेपालमै पढ्ने वातावरण कन्सल्टेन्सियरले गर्न सक्ने पर्याप्त सम्भावना रहेको उल्लेख गरे ।
कन्सल्टेन्सीको उद्देश्य भनेको शिक्षा क्षेत्रलाई नयाँ उचाइमा पुर्याउनु र विद्यार्थीहरूलाई सही दिशामा मार्गदर्शन गर्नुभएको भन्दै राइनो कन्सल्टेसीको प्रगतिको कामना गरे । कन्सल्टेन्सीको उद्देश्य केवल वैदेशिक अध्ययन मात्र नभई विद्यार्थीहरूको जीवनलाई शिक्षित, सक्षम, र जिम्मेवार बनाउनुभएको धारणा ब्यक्त गरे ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विशाल थापा, माछापुछ्रे बैंक बिर्तामोड शाखाका म्यानेजर प्रकाश गिरी, अनिल सापकोटा, तुलसी पाठक लगायतको आतिथ्यता रहेको थियो । प्रकाश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा राइनोज एजुकेशनका स्टुडेन्ट सक्सेस एडभाइटर संजय पौड्यालले स्वागत गरेका थिए ।
जापानमा मुख्य कार्यालय रहेको राइनोज एजुकेशन सर्भिसले नेपालका काठमाडौँ तथा अन्य विभिन्न शहरहरुबाट सेवा प्रदान गर्दै आएको जनाइएको छ ।
जापान, युके अस्ट्रेलिया, अमेरिका, फिङ्गल्यान्ड लगायतका देशहरुमा रहेका विश्वविद्यालयमा अध्ययनका लागि जान चहाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिने उद्धेश्यले बिर्तामोडमा राइनाको शाखा विस्तार गरिएको जनाइएको छ । उक्त कार्यक्रम सञ्चालन राजन पोखरेलले गरेका थिए । कार्यक्रममा विभिन्न कन्सल्टेन्सीका प्रतिनिधि तथा विद्यार्थी, अभिभावक लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।