झापा ।
मेची पेट्रोलियम डिलर्स एशोसिएशन झापाको १७औं बार्षिक सभा सम्पन्न भएको छ ।
मेची पेट्रोलियम डिलर्स एशोसिएशनले सदस्य पम्पमा कार्यरत मजदुरहरुको दुर्घटना विमा प्रमियम संस्थाबाट भुक्तानी गरी दुर्घटना विमा लागू गर्ने आर्थिक रुपमा संस्थालाई दरिलो बनाउने गरी १० लाख थप गरी ७५ लाख पु¥याउने सदस्य पम्पहरुलाई दुर्घटना न्यूनीकरण गर्ने कार्यमा सहयोग पु¥याउन फायर सिलिण्डर तथा डिप रड वितरण गर्ने मेची पेट्रोलियम डिलर्स एशोसिएशन झापाका अध्यक्ष नवीन कोइरालाले बताए ।
उनले पेट्रोलियम व्यवसायीको हित तथा पेट्रोलियम पदार्थको कारोबारलाई अझ विस्तार गर्दै आर्थिक रुपमा अगाडि बढाउन पहल गर्ने प्रतिबद्धता जनाए ।
नेपाल आयल निगम चारआली शाखाकी प्रमुख गीता धिताल सापकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रममा मेची पेट्रोलियम डिलर्स एशोसिएनका केन्द्रीय सदस्य भूपाल कटुवाल, पूर्वअध्यक्षहरु लय भण्डारी, चन्द्र डाँगी, सल्लाहकार श्रीप्रसाद मैनाली, ट्याक्टर चालक संघका अध्यक्ष प्रकाश उराउ लगायतको आतिथ्य रहेको थियो ।
मेची पेट्रोलियम डिलर्स एशोसिएनका अध्यक्ष नवीन कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष टीकाराम पिठाकोटीले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव विनोद बस्नेतले गरेका थिए ।