आँखा शिविरबाट २५० जना लाभान्वित

0
32

बिर्तामोड ।

लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले झापाको अर्जुनधारामा एकदिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ ।

अर्जुनधारा–१० को वडा कार्यालयमा भएको आँखा जाँच शिविरमा २ सय ५० जनाले आँखा परीक्षण गरेको क्लबकी अध्यक्ष मञ्जु उप्रेतीले जानकारी दिइन् ।

शिविरमा निःशुल्क औषधि वितरण समेत गरिएको थियो । मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको कार्यक्रममा २ सय ५० जनामध्ये २५ जनामा मोतियाविन्दु देखिएकोले शल्यक्रियाका लागि मेची आँखा अस्पताल पठाइएको अध्यक्ष उप्रेतीले जानकारी दिइन् ।

कार्यक्रममा प्रमुख अतिथि रहेका वडाध्यक्ष भूपेन्द्र न्यौपानले कार्यक्रम सफलताको शुभकामना दिँदै आफ्नो वडामा कार्यक्रम ल्याएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा अस्पतालकी आउटरिच अफिसर कविता कार्की कडरिया, नेत्र अधिकृत निरज दाहाल, नेत्र सहायक सिर्जना श्रेष्ठ, आइ हेल्थ वर्कर निष्मा भण्डारी, इन्दु अधिकारीलगायतले आँखा परीक्षणमा सहयोग गरेका थिए ।

कार्यक्रममा लायन्सका डिस्ट्रिक्ट चिफ सत्यनारायण शर्मा, टोल विकास समितिका अध्यक्ष देवी मुखिया, क्लबकी कोषाध्यक्ष पुनम उप्रेती, प्रथम उपाध्यक्ष यशोदा उप्रेती, लीला दंगाल, निर्जला उप्रेती, गोमा खड्का, निशा रायको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन द्वितीय उपाध्यक्ष सरु भूर्तेल खनालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here