योगेन्द्र योगी
बिराटनगर,
मोरङको सुन्दरहरैँचा नगरपालिका १० विराटचोकमा जारी सुन्दरहरैँचा विराट एक्स्पोको चौथो संस्करणको चौथो दिन शनिबार विभिन्न विधाका २२ साहित्यकारहरुले कविता,गजल र मुक्तक सुनाएका छन्।
एक दिवसीय साहित्यिक उत्सवमा कवि भरत गुरागाईँ बर्बरिक,टीका आत्रेय,बिन्दु दाहाल मुकदर्शक,शंकुन्ताला मन्जरी,रोहिणी रसिक सोमप्रसाद भट्टराई,साङसेन पन्धाक र खगेन्द्र रामरसले आ-आफ्नो कविता सुनाएका थिए।
गजल तर्फ जेबी थुलुङ,कृष्ण कश्यप,मुना आत्रेय, गीता सुबेदी,रुपनारायण श्रेष्ठ,सुमन रेग्मी र निसल भण्डारीले आ-आफ्नो गजल बचन गरेका थिए। मुत्तक तर्फा तिला लेकाली,राधा भट्टराई,मदन भण्डारी,विनोद विवश घिमिरे,लक्ष्मी आचार्य,मिश्रा गुरुङ र नवराज नवाशिलाले आ-आफ्नो मुत्तक सुनाएका थिए।
सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजना तथा सुन्दरहरैँचा कला विकास समिति,भानु साझा पुस्तकालय,विराट साहित्य समाज र राइडस महफिलको सहयोगमा एक दिवसीय साहित्यिक उत्सव सम्पन्न भएको कार्यक्रमका साहित्य संयोजक तथा सुन्दरहरैंचा साहित्य कला विकास समितिका छवि वैरागी घिमिरेले बताए।
कार्यक्रममा अन्य साहित्यकारहरुको पनि उपस्थिति रहेको थियो। एक्स्पो फागुन १० गतेसम्म चल्नेछ । एक्स्पो सञ्चालनपछि बचत भएको रकम सुन्दरहरैंचाका विभिन्न ४ ठाउँमा अत्याधुनिक शौचालय निर्माणका लागि खर्च गरिने आयोजक सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले बताए।