राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी शहीद धर्मभक्तलाई

0
23

कमल ।

कमल गाउँपालिका स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी शहीद धर्मभक्त माध्यमिक विद्यालयले कमल ३ ले जितेको छ ।

कमल ३ स्थित केर्खा खेल मैदानमा गत फगुन २ गते बाट सञ्चालन भएकोको प्रतियोगितामा ९ स्वर्ण ७ रजत र २ कास्य सहित शहीद धर्मभक्त माध्यमिक विद्यालयलले उपाधी जित्न सफल भएको हो । यो जित संगै लगातार तिन पटक उपाधि जित्न समेत विध्यालय सफल भएको छ ।

त्यसैगरी कमल ७ स्थित सरस्वती माध्यमिक विध्यालयले ८ स्वर्ण ६ रजत र ४ कास्य सहित दोश्रो भएको छ भने । कमल १ स्थित नरेन्द्र जनता माध्यमिक विध्यालयले ७ स्वर्ण ६ रजत र २ कास्य प्राप्त गरि प्रतियोगिताका तृतिय स्थान हाँसिल गर्न सफल भएको छ ।

त्यस्तै प्रतियोगितामा छात्र तर्फको भविवलमा नरेन्द्र जनता माध्यमिक विध्यालयल प्रथम भएको छ त्यस्तै पाथिभरा माध्यामिक विध्यालय उपविजेता भएको छ भने लालिमा माध्यमिक विध्यालय तृतिय भएको छ । छात्रा तर्फको भलिवलमा लालिमा माध्यमिक विध्यालय प्रथम , वण्डरल्याण्ड माध्यमिक विध्यालय उपविजेता र निहारिका माध्यमिक विध्यालयले तृतिय स्थान हाँसिल गरेको छ ।

प्रतियोगितामा उतकृष्ट हुने विध्यालय र खेलाडीलाई कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, शिक्षा समितिका सदस्य बद्री कार्की,शिक्षक महासंघ कमलका अध्यक्ष मोहन बगाले,प्याब्सन कोशी प्रदेशका सचिव गौरिमान फागोलगायले शिल्ड, ट्रफि र प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पुर्ण टिमलाई धन्यवाद दिंदै प्रतियोगिता सञ्चालनका क्रममा भएका सानातिना कमि कमजोरीलाई अगामी दिनमा सुधार गर्दै लाने प्रतिवद्धता सहित लगातार तिन फटक उपाधी जित्न सफल शहीद धर्मभक्त माध्यमिक विद्यालयललाई नगद २५ हजार रुपैया उपलब्ध गराउने घोषणा गर्नु भयो ।

प्रतियोगितामा आफ्नो विध्यालय र पालिकालई खेलकुदका माध्यम बाट चिनाउन स्थानिय तह , प्रदेश र राष्ट्रिय स्तर सम्मका खेलाडीलाई छात्रवृत्ती लगायतका सेवा सुविधा उपलब्ध गराउने तर्फ स्थानिय पालिकाले ध्यान दिनु पर्ने प्याब्सन कोशी प्रदेशका सचिव गौरिमान फागोले बताउनुभयो ।

त्यस्तै कमल का ३ वडाध्यक्ष अग्निप्रसाद कोईरालाले अहिले सम्म खेलकुद लाई पाठ्यक्रममा समावेश नगरेकोले सोचे जस्तो खेलकुदको क्षेत्रमा विकास हुन सकेको छैन त्यसैले आगामी दिनमा खेलकुदलाई पाठ्याक्रममा नै समावेश गर्न आवश्यक रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here