महेन्द्रज्योतिको शिक्षक अभिभावकको अध्यक्षमा शिवाकोटी

0
66

रत्नबहादर बस्नेत/बिर्तामोड, 

बिर्तामोड -१० सैनिकबजारस्थित महेन्द्रज्योति माविको शिक्षक अभिभावक संघको अध्यक्षमा श्रीप्रसाद शिवाकोटी चयन भएका छन्।

विद्यालयमा सम्पन्न अभिभावक भेलाले शिवाकोटीको अध्यक्षतामा सर्वसम्मतिले शिक्षक अभिभावक संघ गठन गरेको हो। नवगठित समितिको सदस्य सचिवमा जयकुमार झा, सदस्यमा दुर्योधन गुरुङ, डिल्लीराम अधिकारी, ओमबहादुर गुरुङ, गोपीकृष्ण भट्टराई, रीता बेघा, कल्पना सेन्चुरी, कमला कार्की र निता राई रहेका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्योधन गुरुङको अध्यक्षतामा सम्पन्न भेलाले शैक्षिकसत्र २०८२ को शैक्षिक सुधारका लागि आगमी चैतमा वडा कार्यालय, शिक्षाप्रेमी,दाता,अभिभावक,शिक्षकसहितको वृहत् अभिभावक भेला गर्ने निर्णय गरेको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जयकुमार झाले विद्यालयको शैक्षिक गतिविधिबारे प्रकाश पार्दै विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै विद्यालयलाई आर्थिकरुपमा सबल बनाउन विद्यार्थी, शिक्षक,अभिभावक, सरकार, सरोकारवाला सबैसँग सहयोगका लागि आग्रह गरे।

विद्यालयका सहायक प्रधानाध्यापक भवानीप्रसाद शिवाकोटीले स्वागत गरेको कार्यक्रममा विव्यस अध्यक्ष गुरुङ, शिक्षासेवी ज्ञानुनाथ मैनाली, विव्यस सदस्य भोलानाथ पौड्याल, डिल्लीराम दंगाल,चमरधाप आविका विव्यस अध्यक्ष रिमानध्वज लोक्तामलगायतले बोल्दै धेरै शैक्षिक जनशक्ति उत्पादन गरेर योगदान पुर्याएको विद्यालयको गौरव उच्च राख्न सबै दृढताका साथ अग्रसर बन्नुपर्नेमा जोड दिएका थिए।

वडा सदस्य धनमाया श्रेष्ठ, विभिन्न टोल विकास संस्थाका अध्यक्ष,शिक्षासेवी,विव्यस पदाधिकारी,अभिभावकलगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन शिक्षक बीरेन्द्र कडरियाले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here