सवारी दुर्घटनाबाट एक जनाको मृत्यु

0
33

झापा।

झापाको अर्जुनधारा नगरपालिका–७ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मधुगिता क्रसर उद्योगको को १ ख ७०१४ नम्वरको टिफरले मिस गिटी अनलोड गरी टिफर अगाडि बढाउने क्रममा सोही क्रसरका कामदार हल्दिबारी गाउँपालिका–२ का २५ बर्षीय मोहन किस्कुलाई ठक्कर दिई दुर्घटना हुँदा उनको घटना स्थलमा नै मृत्यु भएको थियो ।

ठक्कर दिने टिफर चालक मोरङ उर्लाबारीका ४१ बर्षीय गुमानध्वज खडकालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here