झापा।
झापाको झापा गाउँपालिका–५ मा प्रहरी चौकी शरणामतीबाट खटिएको गस्ति टोलीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
मे ३ प २०६६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका झापा गाउँपालिका–५ का २५ बर्षीय तोफिजुल अली र २० बर्षीय चान महमदलाई ३७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको जनााइएको छ ।