ह्याप्पी किड्स र किड्स जोनको संयुक्त वार्षिकोत्सव

0
19

बिर्तामोड, झापाको बिर्तामोड–५स्थित ह्याप्पी किड्स एजुकेशक फाउण्डेशन र किड्स जोन मन्टेश्वरीको संयुक्त वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको छ ।
विद्यालयका संस्थापक प्रिन्सिपल अमर सुब्बाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मन्टेश्वरी एशोसिएशन अफ झापाका अध्यक्ष अखिलकुमार कोइरालाले गरेका थिए । एशोसिएशनका सचिव गोपाल संग्रौला लगायतले शुभकामना व्यक्त गरेको थिए ।
स्वागतसहित कार्यक्रमको औचित्यमाथि राधिका थापाले प्रष्ट पारेकी थिइन् भने सञ्चालन रोशनी राई र सपना कटुवालले गरेका थिए ।
किड्स जोनका प्रधानाध्यापक बेनुकुमार पाठक र हेप्पी किड्सकी सहप्रधानाध्यापक शान्तिला कन्दङ्वासहित विद्यालयका शिक्षक कर्मचारीहरुले कार्यक्रम व्यवस्थापनमा सहजीकरण गरेका थिए । अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा विद्यार्थी तथा शिक्षक समूहले नृत्य, गायन, र्याम्स, फेशन शो लगायतका प्रस्तुति गरेका थिए ।
उक्त विद्यालयमा एक सय ७० भन्दाबढी बिद्यार्थी अध्ययनरत् रहेको सञ्चालक सुब्बाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here