तीनवटा ऐन स्वीकृतसँगै मेचीनगरको नगरसभा सम्पन्न

0
25

मेचीनगर,  तीन वटा ऐन स्वीकृत गरेसँगै मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको छैटौँ अधिवेशन सम्पन्न भएको छ ।
आज नगरपालिकाको सभाहलमा सम्पन्न नगरसभाको छैटौँ अधिवेशनले वस्ती विकास तथा जग्गा एकीकरण गर्न बनेको ऐन २०८१, मेचीनगर नगरपालिका सार्वजनिक निजी साझेदारी ऐन २०८१ र विनियोजन ऐन २०८१ शंसोधन विधेयक स्वीकृत गरेको हो ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा आयोजित नगरसभाको छैटौँ अधिवेशनमा उपप्रमुख मीना पोखरेल उप्रेतीले विनियोजन ऐन २०८१ पहिलो शंसोधन विधेयक प्रस्तुत गरेकी थिइन् ।
त्यस्तै विधेयक समिति सदस्य मिनमाया लिम्बुले वस्ती विकास तथा जग्गा एकीकरण गर्न बनेको ऐन २०८१ र मेचीनगर नगरपालिका सार्वजनिक निजी साझेदारी ऐन २०८१ विधेयक प्रस्तुत गरेकी थिइन् ।
सदस्य लिम्बुले प्रस्तुत गरेको वस्ती विकास तथा जग्गा एकीकरण गर्न बनेको ऐनमा स्थानीयस्तरको विकास आयोजना तथा परियोजनाहरु र स्थानीय सडक, ग्रामिण सडक, कृषि सडक, सिँचाईको व्यवस्थापन गरी व्यवस्थित शहरीकरण प्रक्रिया लगायत स्थानीय सरकर सञ्चालन ऐन २०७४ का विषयहरु रहेका छन् ।
त्यस्तै सार्वजनिक निजी साझेदारी ऐनमा निजी क्षेत्रको आर्थिक, प्राविधिक तथा मानव संशाधनको अधिकतम उपयोग गरी नगरमा पूर्वाधार संरचनाको निर्माण, संञ्चालन, व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाह गरी राजगारीको अवसर सृजना गर्ने लगायतका विषयहरु समेटिएको छ ।
र उपप्रमुख उप्रेतीले प्रस्तुत गरेको विनियोजन ऐन २०८१ पहिलो शंसोधन विधेयकमा पूर्व निर्धारित बजेट २ अर्व १५ करोड ७० लाख २५ हजार ७१९ रुपैयाँमा संघिय सरकारको वित्तिय सवालिकरण, राजश्व बाडफाडमा भएका फेरवदल लगायतका विषयमा शंसोधनसहित कार्यान्वयनमा लैजाने भएको छ ।
नगरसभाको छैटौँ अधिवेशनको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here