बुहारी कुटेको आरोपमा ससुरा पक्राउ

0
11

झापा , झापाको गौरादहमा बुहारी कुट्ने ससुरा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गौरादह नगरपालिका १ सितापुरी निवासी ३४ वर्षीया कोपिला न्यौपानेलाई सोही ठाउँ बस्ने उनकै काका ससुरा अन्दाजी ५१ वर्षीय धनप्रसाद न्यौपाने रहेका छन् ।

न्यौपानेले लेनदेनको बिषयमा विवाद हुँदा उनले वुहारी कुटेको बताइएको छ । झैझगडा हुँदा धनप्रसादले दाउराले घाँटी र हातमा प्रहार गरी कोपिलालाई घाइते बनाएको प्रहरीले जनाएको छ ।
घाइतेलाई मेडिम्याक्स अस्पताल गौरादहमा ल्याई उपचार भइरहेको छ । घाइतेको अवस्था मध्यम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here