अर्जुनधारामा कानूनी सचेतना कार्यक्रम

0
24

अर्जुनधारा ।

११५औं अन्तराष्ट्रिय महिला दिवसलाई लक्षित गरि अर्जुनधारा नगरपालिकाको आयोजनामा बिहीबार कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण भन्ने मुख्य नारासहित आयोजित उक्त कार्यक्रमको नगर उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

नगर उपप्रमुख पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा सहजकर्ताहरु सर्वोच्च अदालतका उपसचिव राजनप्रसाद सुवेदीले मार्च ८ र महिला अधिकारको अवस्था, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट र प्रहरी सहायक निरीक्षक प्रदीप आले मगरले साइबर अपराधः परिभाषा, प्रकार, कानूनी प्रावधानका विषयमा सहजिकरण गरेका थिए ।

जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वयंसेविका, विभिन्न महिला समूहका पदाधिकारी तथा सदस्यहरुलगायतको सहभागिता रहेको कार्यक्रममा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक जयप्रकाश भण्डारी, जलेश्वर सामुदायिक सिकाइ केन्द्रकी सचिव इन्दिरा दाहाललगायतले मन्तव्य राखेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले औचित्य, नगर कार्यपालिका सदस्य चन्द्रमाया तामाङले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख सूर्यमाला पन्धाक लिम्बूले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here