योगेन्द्र योगी
बिराटनगर,
आकर्षक रोजगारीको प्रलोभनमा परी धादिङका राजकुमार खत्री, धनकुटाका मिनबहादुर थापा र सर्लाहीका इमरान अली साउदी अरब पुगे। १ बर्षअघि नेपालको जनशक्ती म्यानपावर मार्फत उनीहरु त्यहाँ पुगेका थिए। जस्तो तसो काम गर्दै थिए।
काम गर्दै जाँदा अकमाको म्याद सकियो कम्पनीले नवीकरण गरिदिएन त्यसपछि उनीहरु अवैधानिक भए। अब के गर्ने कस्तो गर्ने भन्ने सोचिरहेका बेला नेपाली दूतावास रियीदका अलकासिम प्रतिनिधी तथा एनआरएन आइसीसी सदस्य बिशाल कुमार श्रेष्ठ र आरसीसी अलकासिमका प्रवक्ता अली उर्सिन मियाको सम्पर्कमा पुगे।
त्यसपछि उनीहरुलाई स्वदेश फर्कने प्रक्रिया शुरु भयो। त्यस्तै अलहदवा कम्पनीमा कार्यरत सिरहाका अमर कुमालको पनि ३ महिना देखि अकमा नविकरण नभएर परिवार बिरामी हुँदा समेत नेपाल फर्कन नसकेर अलपत्र अवस्थामा दूतावास रियाद मार्फत अलकासिम प्रतिनिधी श्रेष्ठको सम्पर्कमा आए। उनीहरु चारै जनाको बहिर्गमन भिसा(एक्जिट भिसा) को लागि प्रक्रिया शुरु भयो।
एक्जिट भिसा प्राप्त गरी उनीहरु चारै जनालाई सकुशल नेपाल फर्काउन सफल भएको गैर आवासीय नेपाली संघ क्षेत्रिय समन्वय समिती अलकासिमका प्रवक्ता अली उर्सिन मियाले जानकारी दिए। माघ महिनामा मात्र अकमा नविकरण नभएका, हुरुप लागेका लगायत बिभिन्न समस्यामा परेका २३ जना नेपालीलाई स्वदेश फर्काईएको प्रवक्ता मियाले बताए।
पछिल्लो समय साउदीमा कम्पनीले समयमा तलव नदिने तथा अकामा पनि रिन्यु नगरिदिंदा कमाएको धेर थोर पैसा पनि पठाउन समस्या हुने गरेको छ। अकामा नहुँदा बिदाको समयमा बाहिर हिड्डुल गर्न समस्या भएको बताए।
साउदी अरबका कम्पनीहरुले साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिने तथा रिन्यु नगरेका कारण त्यहाँ धेरै नेपाली कामदार गैरकानुनी रुपमा काम गर्न बाध्य छन्। अहिले कम्पनीहरुले अकमा नबनाइदिने प्रवृत्ति बढ्दै गएको एनआरएनए साउदीले जनाएको छ । यसले गर्दा विदेशमा श्रम गर्न आएका नेपाली दाजुभाइलाई बाहिर हिडडुल गर्न समस्या भएको छ।
आफूले कमाएको धेरथोर पैसा घर परिवारलाई पठाउन बन्चित हुनु पर्ने, प्रहरीले पक्राउ गरी जरिवाना गराउने लगायत धेरै समस्याबाट नेपाली कामदार पीडित हुने गरेको छ। साथै, यस्ता घटनाहरुलाई कम गर्न दूतावास रियादले साउदी अरबमा कार्यरत रहेका नेपाली दाजुभाइलाई कम्पनीने आफूले पाउने सुविधाबाट बञ्चित गरेमा तुरुन्त श्रमिक अदालतमा उजुरी गरी कानुनी बाटो खोजी आफ्नो अधिकार लिन त्यहाँ कार्यरत नेपालीहरुलाई अनुरोध गर्दै आएको छ।
कम्पनी राम्रो नभएर अर्को कम्पनीमा जाँदा पुरानो कम्पनीले विभिन्न सामान चोरी गरेर भाग्यो भनेर अनावश्यक जरिवाना लगाउने तथा फर्जी कागजात बनाएर कामदारलाई कम्पनीले मुद्दा लगाउने गरेका कारण सयौ नेपाली स्वदेश फर्किन सकेका छैनन् ।
कामदार बोलाउने अनि अकामा नबनाई दिने र बनाई दिए पनि म्याद सकिएपछि रिन्यु नगरिदिने रोजगारदाताहरु बिरुद्ध नेपाल सरकार तथा साउदीमा रहेको नेपाली दूतावासले पनि एक्सन लिनुपर्ने जरुरी देखिन्छ।