काँकरभिट्टाबाट १४ लाख वढी भारतीय रुपैयाँसहित एक जना पक्राउ

0
73

काँकरभिट्टा ।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको गस्ती टोलीले झापाको मेचीनगर–७ स्थित जोरसिमलमा चेकजाँचका क्रममा ठूलो परिमाणको अवैध भारतीय रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

बुधवार  बिहान करिब १०ः०५ बजे काँकरभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बसमा शंका लागेर चेकजाँच गर्ने क्रममा जिल्ला मोरङ्ग उर्लाबारी नगरपालिका–८ का ३८ बर्षिय डम्बरबहादुर कार्कीको साथबाट रु ५०० दरका २,९९९ थान र २०० दरको १ थान गरी जम्मा १४ लाख ९९ हजार ७ सय भारतीय रुपैयाँ अर्थात नेपाली २३ लाख ९९ हजार ५२० रुपैयाँ नियन्त्रणमा लिएको हो ।

बरामद नगदसहित नीज व्यक्तिलाई आवश्यक कानूनी कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, इटहरीमा बुझाउने प्रक्रिया भईरहेको भन्ने जानकारी सशस्त्र प्रहरी बल नेपाल नं। २ गण हे।क्वा। झापाका निमित्त गणपति सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक समुन पोख्रेलले दिए ।

साथै सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध आर्थिक कारोबार नियन्त्रण गर्न गस्ती तथा निगरानी कडा बनाएको जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here