बिर्तामोडमा अक्सिजन ग्यास उत्पादन शुरु

0
100

झापा, झापासहित पूर्वी नेपालमा सहज रुपमा अक्सिजन ग्यास वितरण गर्ने उद्देश्यसहित झापाको बिर्तामोडमा शंकर अक्सिजन ग्यास प्रालि सञ्चालनमा आएको छ ।  
तीन करोड रुपैयाँ लगानी गर्दै व्यवसायी शंकरलाल अग्रवाल र अंकित अग्रवालले उद्योग सञ्चालनमा ल्याएका हुन् । बिर्तामोड–२स्थित चैतुवारी नजिकै उद्योग स्थापना गरिएको छ । जहाँ दैनिक १५ सय सिलिण्डर भर्न सक्ने क्षमता रहेको छ । शंकर अक्जिन ग्यास प्रालिले सन् १९९९बाट ग्यास उत्पादन शुरु गरेको थियो ।
मुख्यकार्यालय काठमाडौंमा रहे पनि नवलपरासीको क्यूरेनीबाट उद्योग सञ्चालन गरेको प्रालिले अहिले देशका मुख्य ठाउँमा ग्यास उत्पादनसँगै वितरण गर्दै आएको छ । एक हजारभन्दा बढीलाई रोजगारी प्रदान गरेको प्रालिले झापासहित पूर्वी नेपालको अक्सिजनको आवश्यकतालाई धान्ने गरी उत्पादन शुरु गरेको जनाइएको छ । विराटनगर पूर्व अक्सिजन ग्यासको उत्पादन छैन । झापा अस्पतालको हव भएको र अत्यधिक मात्रामा अक्सिजन ग्यास खपत हुने भएकाले बिर्तामोडबाट अक्सिजन ग्यास उत्पादन शुरु गरेको बताइएको छ । प्रालिले अहिले बिर्तामोडसहित क्यूरेनी, काठमाडौं, भैरहवा, वीरगञ्जबाट एकैसाथ अक्सिजन ग्यास उत्पादन गर्दै आएको छ ।
११ हजार सिलिण्डर उत्पादन क्षमता राखेको प्रालिले उत्पादन गरेको ग्यासको ७० प्रतिशत खपत हुँदै आएको बताइएको छ । हाल नेपालमा काठमाडौंमा सात, वीरगञ्जमा ३, विराटनगरमा ३, नेपालगञ्जमा २, धनगढीमा २, जनकपुरमा २ र भैरहवामा तीन वटा उद्योगले अक्सिजन ग्यास उत्पादन गर्दै आएका छन् । १३ कठ्ठा क्षेत्रफलमध्ये शंकर अक्सिजन ग्यास प्रालिले चार कठ्ठा क्षेत्रफलमा प्लान्ट स्थापना गरी रिफिलिङ गर्न शुरु गरेको जनाइएको छ ।
अक्सिजन ग्याससँगै कार्वोनडाइअक्साइड, एमोनिया, एसिडटेलिन, आर्गन, नाइट्रोजन ग्यास समेत उत्पादन गर्ने तयारी गरिएको बताइएको छ । कार्वोनडाइअक्साइड ग्यासको खपत जुस फ्याक्ट्रीमा, एमोनिया ग्यासको खपत कोल्डस्टोर्स, एसिडेलिन ग्यासको खपत हाइड्रोपावरमा हुने, आर्गनको वेल्डिङमा हुने र नाइट्रोजनको खपत फुड प्याकेजिङमा आवश्यक पर्ने हुँदा यी सबै ग्यास उत्पादन गरेर विक्री गरिने सञ्चालक अंकितको भनाइ छ । उद्योग स्थापनासँगै तत्काल १० जनाले रोजगार पाएको र अन्य ग्यास उत्पादन शुरु गरेसँगै ५०भन्दा बढीले रोजगारी पाउने जनाइएको छ । डुवर टु डुवर डेलिभरी, २४सै घण्टा सेवा उपलब्ध, सरल र शुलभ मूल्यमा ग्यास उपलब्ध गराउने प्रतिबद्धतासहित प्रालिले अक्सिजन ग्यास वितरण शुरु गरेको जनाएको छ । बुधवार प्लान्टको उद्घाटन गर्दै विक्री शुरु गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here