मोरङ।
मोरङको विराटनगर महानगरपालिका–१४ स्थित सिंघिया खोलामा पौडी खेल्ने क्रममा डुवेर एक जना बालकको मृत्यु भएको छ ।
जहदा गाउँपालिका–२ का श्रवण महतोको ६ बर्षीय छोरा कुस कुमार महतो खोलामा पौडीखेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएको भन्ने खवर इलाका प्रहरी कार्यालय रानीमा प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटीएर स्थानियबासीको सहयोगमा खोजी गर्दा पानीमा डुवी मृत अवस्थामा बालकलाई फेला पारेको थियो ।
मृतक शवलाई पोष्टमार्टमको लागी कोशी अस्पताल विराटनगर पठाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।