युनिकमा विदाइ र स्वागत

0
7

सुरुङ्गा।

झापा जिल्ला कनकाई नगरपालिका-३ सुरुङ्गास्थित युनिक बहुमुखी क्याम्पसमा विदाइ तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

एक भव्य कार्यक्रम वीच क्याम्पसबाट चौथो वर्ष पूरा गरेका विद्यार्थीलाई ओपचारिक रूपमा विदाइ गरिएको थियोे भने पहिलो वर्षमा अध्ययनरत नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको थियोे ।

२०७४ सालमा स्थापित व्यवस्थापन सङ्कायमा अध्यापन हुने यस क्याम्पसमा हाल २ सय ४५ विद्यार्थी अध्ययनरत छन् भने १८ जना प्राध्यापक तथा कर्मचारी कार्यरत रहेको क्याम्पसका उपाध्यक्ष त्रिलोचन उप्रेतीले जानकारी दिए ।

दमक र विर्तामोड वीच रहेको कनकाई नगरपालिकामा निजी स्तरबाट स्थापित एक मात्र क्याम्पसमा बढी मात्रामा कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकाका विद्यार्थी अध्ययनरत रहेका छन् । शिक्षा क्षेत्रमा आबद्ध ११ जना शिक्षाकर्मी सञ्चालक रहेको क्याम्पस हाल प्यारागन एकाडेमीको भवनमा बिहानी सत्रमा सञ्चालनमा रहेको सहायक क्याम्पस प्रमुख युवराज अधिकारीले बताए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष तीर्थराज खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख दीपक भट्टराईले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कनकाई नगरपालिका वार्ड नं. ३ का वार्ड अध्यक्ष युवराज चम्लागाईंले प्रमुख अतिथिको आसनबाट बोल्दै युवा जनशक्तिलाई आफ्नो मातृभूमिलाई माया गर्न सुझाव दिएका थिए । उनलेे विद्यार्थीलाई आमाबाबुको अपेक्षा र समाजप्रतिको उत्तरदायित्व पूरा गर्न पढाइमा कडा मेहनत गर्दै सकारात्मक रूपमा सोचेर अघि बढ्न अनुरोध गरे ।

कार्यक्रममा क्याम्पसका सल्लाहकार ओमदेव शाही, प्याब्सन कनकाई नगर अध्यक्ष विनोदकुमार उप्रेती, प्यारागन एकाडेमीका संस्थापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चम्पा खनाल (सुवेदी), कन्काई मावि सुरुङ्गाका प्रधानाध्यापक कर्णबहादुर डाँगी, विदाइ हुने विद्यार्थी विवेक नेपाली लगायतले शुभकामना मन्तव्य राखेका थिए । गीत, नृत्य र गजलसमेतको प्रस्तुति रहेको कार्यक्रममा विभिन्न शैक्षिकसत्र र तहका बोर्ड परीक्षामा उत्कृष्ट अङ्कसहित सफल हुने विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियोे ।

कार्यक्रममा प्यारागन एकाडेमीका विद्यार्थी सङ्केत पौडेलले स्वागत गीत प्रस्तुत गरेका थिए । त्यसरी सम्मानित हुनेमा विवेक अधिकारी, विवेक नेपाली, सुष्मिता भट्टराई, राजु मण्डल, प्रियंका कुर्मी, मण्डप गुरागाईं, ताराकिरण बाराकोटी र युनिस सिटौला रहेका छन् ।

औपचारिक कार्यक्रम सहायक प्राध्यापक गुरुप्रसाद पौडेल तथा सांगीतिक कार्यक्रम सुमन न्यौपाने, आनन्दी खतिवडा, एलिसा थापा र युनिस सिटौलाले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here