झापा ।
चरम्बेली पराजुली सेवा समाज झापा–इलाम इकाई समितिको अध्यक्षमा कृष्णप्रसाद पराजुली चयन भएका छन् ।
झापाको दमकमा भएको भेलाले कृष्णप्रसादको अध्यक्षतामा ९ सदस्य चरम्बेली पराजुली सेवा समाज झापा–इलाम इकाई समिति गठन भएको मोहन पराजुलीले जानकारी दिए ।
चरम्बेली पराजुली सेवा समाज केन्द्रीय समितिका सचिव पद्मपति पराजुलीको प्रमुख आथित्य तथा सो केन्द्रीय समितिका सदस्यद्वय गङ्गा प्रसाद पराजुली र राम प्रसाद पराजुलीको विशेष आथित्य भएको बन्धु भेलामा झापा र इलामका चरम्बेली पराजुलीहरुको उल्लेख्य सहभागिता रहेकाथियो ।
९ सदस्य कार्यसमितिको उपाध्यक्षमा भरत पराजुली, सचिवमा दुर्गाप्रसाद पराजुली, सहसचिव मोहन पराजुली र कोषाध्यक्षमा मुनादेवी मैनाली रहेका छन् । त्यस्तै सदस्यहरुमा मेघराज पराजुली, इन्द्रदेबी पराजुली, गोविन्दप्रसाद पराजुली र इशू राई (पराजुली) रहेका छन् ।
त्यस्तै दुर्गाप्रसाद पराजुलीको संयोजकत्वमा ५ सदस्य सल्लाहकार समिति चयन गरिएको छ । सल्लाहकार समितिको सदस्यहरुमा टङ्कप्रसाद पराजुली,कुवेरकुमार पराजुली, पुष्पा लिम्बू (पराजुली) र प्रेम पराजुली रहेका छन् ।