१६ वर्षदेखि फरार कैदी पक्राउ

0
32

सुनसरी,

सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा १६ वर्षदेखि फरार रहेका प्रतिवादी रोशन राईलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा शुक्रबार बिहान साढे ११ बजे बराहक्षेत्र नगरपालिका–१, भलायोटार टोलस्थित राईको आफ्नै घरबाट उनलाई पक्राउ गरेको हो।

रोशन राईलाई सुनसरी जिल्ला अदालतले मिति २०६६ साल फागुन १३ गतेको फैसलामार्फत एक वर्ष कैद र दुई सय पच्चिस रुपैयाँ जरिवाना तोकेको थियो। जिल्ला अदालत सुनसरीको लगत नं. २९५१ मा उनको नाम उल्लेखित रहेको छ।

पक्राउ परेका राईलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा राखिएको र जिल्ला अदालत सुनसरीमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here