बेलायतमा इतिहास रच्दै नेपाली, लिङ्देन बने पहिलो क्षेत्रीय पार्टी अध्यक्ष

0
22

झापा । फेल्थम एण्ड हेस्टन कन्जरभेटिभ एसोसिएसनको क्षेत्रीय अध्यक्षमा इन्द्रहाङ लिङ्देन निर्वाचित भएका छन् । बेटफोन्ट, फुटबल एण्ड सोसियल क्लब हलमा सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

फेल्थम र हेस्टन निर्वाचन क्षेत्रमा ९ वटा वडा रहेको छ । लिङ्देन क्षेत्रीय अध्यक्ष बन्ने पहिलो नेपाली हुन्।

यससँगै लिङ्देनले आगामी वर्षको स्थानीय चुनावमा लेबरको मुख्य चुनौती बन्ने स्थानीय कन्जरभेटिभ पार्टीको नेतृत्व गर्नेछन् । लामो समयदेखि कन्जरभेटिभ पार्टीमा आवद्ध लिङ्देनले २६ काउन्सिलर छनौट गर्नेछन् ।

बेलायतको पुरानो पार्टीमा पहिलोपटक नेपालीहरूबाट अध्यक्ष बन्दै गर्दा यसलाई अवसर नभएर चुनौतीको रूपमा लिएको बताए । ‘लामो समयदेखि यस पार्टीमा आवद्ध छु । सन् २०२० देखि २१ सम्म उपाध्यक्ष भएर काम गरेको थिएँ । अध्यक्ष भए पछि भने चुनौती थपिएको महसुस गरेको छु’,उनले भने, ‘अर्को बर्ष हुने स्थानीय निर्वाचनम मैले २६ जना काउन्सिलर छान्नुपर्ने हुन्छ । मेरो निर्वाचन क्षेत्रमा सदस्य बनाउने, संस्थाको लागि फन्ड राइजिङ इभेन्ट गर्ने र निर्वाचनबाट धेरै काउन्सिलरलाई निर्वाचित गर्ने लक्ष छ ।’

बेलायतमा व्यवसाय गर्दै आएका लिङ्देन नेपाली कांग्रेसनिकट संगठन नेपाली जनसम्पर्क समिति बेलायतका महामन्त्री तथा महासमिति सदस्य प्रतिनिधि हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here