लागूऔषध सहित १५ जना पक्राउ

0
30

विराटनगर।

झापा, सुनसरी, धनकुटा र उदयपुरबाट लागू औषध सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सनिश्चितता अभियान अन्तरगत लागू औषध नियन्त्रण गर्ने कार्य योजना अनुसार सम्बन्धित एरिया इलाकाहरुबाट परिचालन भएको प्रहरी टोलीले पक्राउ परेका ब्यक्तीहरुको साथबाट १४ ग्राम ७ सय ५४ मिलिग्राम ब्राउन सुगर र ६० किलो ६५ ग्राम ७२० मिलिग्राम गाँजा बरामद गरेको छ ।

पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here