बिर्तामोडमा ४६ जनाले गरे नेत्रदान

0
88

बिर्तामोड ।

झापाको बिर्तामोडमा एक कार्यक्रमका बीच ४६ जनाले नेत्रदानको घोषणा गरेका छन् ।

गुरुपूर्णीमाको पूर्व सन्ध्यामा राधा माधव समिति बिर्तामोड–२ चारपाने र इन्रवील क्लब अफ बिर्तामोड मिड टाउनको संयुक्त आयोजनामा भएको कार्यक्रममा ४६ जनाले नेत्र दानको घोषणा गरेका हुन् ।

राधा माधव समितिका अध्यक्ष भूविक्रम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा झापका विभिन्न स्थानबाट आएका ब्यक्तिहरुले नेत्रदानको घोषणा गरेका हुन् । नेत्रदान महादान भन्ने नाराका साथ गरिएको कार्यक्रममा मानिसहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको नेत्रदान कार्यक्रममा अस्पतालका पुष्प अधिकारीले नेत्र दानसंग सम्बन्धित विषायमा जानकारी दिएका थिए । उनले आँखा दान गर्दा हुने फाइदाका विषयमा जानकाारी दिदैं मृत्यु पछि गरिने नेत्रदान महादान भएको बताए । कार्यक्रमको औचित्य माथि इन्रवील क्लब अफ बिर्तामोड मिड टाउनकी नवनिर्वाचित अध्यक्ष लुनाा बस्नेत शिवाकोटीले प्रकाश पारेकी थिइन् ।

राधा माधव समितिको प्राङगणमा भएको कार्यक्रममा राधा माधव समितिका उपाध्यक्ष दुर्गादेवी ढकालले उपस्थित सबैलाई स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन विज्ञान बस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here