झापाको हाम्रो नेपाल साकोस काठमाडौँमा प्रशंसित

0
104

झापा , झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट घोषित भएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था बबरमहल काठमाडौँले हाम्रो नेपाल साकोसलाई उत्कृष्ट घोषणा गर्दै आइतबार प्रसंशापत्र प्रदान गरेको छ ।

देशभरका एक हजार सात सय ( १७ सय ) साझेदार संस्था मध्ये हाम्रो नेपाल उत्कृष्ट भएको घोषणा सहित २४ औँ साधारणसभामा सो वित्तीय संस्थाले प्रसंशापत्र प्रदान गरेको हो । पूर्वअर्थमन्त्री डा . युवराज खतिवडा, सो वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठक, प्रमुख कार्यकारी शिवरामप्रसाद कोइराला लगायतले हाम्रो नेपालका अध्यक्ष भवानीप्रसाद दङ्गाललाई संयुक्त रूपमा फूलमाला, खदा, अविरसहित प्रशंसापत्र हस्तान्तरण गर्नुभएको हो । कारोबारको आधारमा उत्कृष्ट घोषणा भएको हाम्रो नेपालले वार्षिक अढाई अर्ब बढीको आर्थिक कारोबार गर्दै आएको छ ।

झापा, मोरङ र इलाममा ३१ वटा सेवाकेन्द्र मार्फत सेवा प्रवाह गर्दै आएको हाम्रो नेपालको सेयर सदस्य ३८ हजार बढी छन् । १२ वर्ष अघिबाट सञ्चालनमा आएको हाम्रो नेपाललाई २०८१ साउनदेखि २०८२ जेठसम्मको कारोबारका आधारमा उत्कृष्ट व्यवसायिक साझेदार घोषणा गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here