बिर्तामोड ।
रोटरी क्लब अफ बिर्तामोडको नयाँ नेतृत्वले पदभार ग्रहण गरेको छ । २०२५–२०६ का लागि अध्यक्ष प्रकाश शिवाकोटीको टिमले आइतबारबाट जिम्मेवारी सम्हालेको हो ।
बिर्तामोडमा आयोजित पद हस्तान्तरण समारोहमा सन् २०२४–०२५ कार्यकालका अध्यक्ष सुरेशकुमार अग्रवालले २०२५–०२६ कार्यकालका अध्यक्ष प्रकाश शिवाकोटीलाई संस्थाको माइन्यूटसहित पद तथा जिम्मेवारीहरू हस्तान्तरण गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष शिवाकोटीले सामाजिक तथा मानवीय सेवामा क्रियाशील रोटरी क्लब अफ बिर्तामोडको नेतृत्व सम्हाल्दै संस्थालाई गतिशील र सेवा कार्यलाई प्रभावकारी बनाउँदै क्लवको गरिमालाई उच्च बनाउने प्रतिबद्धता व्यक्त गरे । रोटरीका डिस्ट्रिक गभर्नर विनोद कोइरालाको प्रमुख आतिथ्य र संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो ।
२०२५–०२६ कार्यकालको लागि गठित कार्यसमितिमा आइपीपीमा सुरेशकुमार अग्रवाल, प्रेसिडेन्ट इलेक्टमा दीपक गिरी, प्रेसिडेन्ट नोमिनीमा पार्वता खरेल बिमली, उपाध्यक्षमा आशा आचार्य र केदार गिरी, सचिवमा डा. सन्ध्या राठी, कोषाध्यक्षमा आमोद आचार्य, एडमिनिस्ट्रेशन डाइरेक्टरमा पवन खेडिया, मेम्बरसिप डाइरेक्टरमा सीए सुशील अग्रवाल, सर्भिस प्रोजेक्ट डाइरेक्टरमा शैलेन्द्र कुरुम्बाङ, पब्लिक इमेज डाइरेक्टरमा सुमित्रा भट्टराई चयन भएका छन् ।
रोटरी फाउण्डेशन डाइरेक्टरमा निकिता गिरी, युथ सर्भिस डाइरेक्टरमा सजेश शिवाकोटी र सार्जेन्ट एट आर्म (मर्यादा पालक)मा अशोक धानुका चयन भएका छन् । उक्त समारोहमै रोटर्याक्ट क्लव अफ बिर्तामोडको पनि पद हस्तान्तरण सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्ष सुशील थापाले २०२५–०२६कार्यकालका लागि पदभार ग्रहण गरेका हुन् ।