होक्से युवा एफसी र ब्रदर्स युनाईटेड एफसी क्वाटरफाइनल प्रवेश

0
31
अर्जुनधारा । 
झापाको अर्जुनधारा नगरपालिका–२स्थित खुदुनाबारीमा जारी एसवाईएस प्रथम खुला नकआउट फुटबल प्रतियोगिता–२०८२को क्वाटरफाइनलमा होक्से युवा फुटबल क्लब (बुद्धशान्ति गाँउपालिका) र ब्रदर्स युनाईटेड फुटबल क्लब(भद्रपुर नगरपालिका) पुग्न सफल भएको छ ।
प्रतियोगिता अन्र्तगत स्थानीय २ नं. वडा खेलमैदानमा मंगलबार सम्पन्न भएको पहिलो खेलमा दहीझोडा फुटबल क्बल(अर्जुनधारा नगरपालिका)लाई ४–० गोल अन्तरले पराजित गर्दै होक्से युवा एफसी क्वाटरफाइनल पुग्न सफल भएको हो ।
होक्सेको जीतका लागि खेलको २१औं, ५१औं, ५५औं र ५७औं मिनेटमा सागर रसाइलीले गोल गरेका थिए । खेलमा एक ह्याटरिकसहित चार गोल गरेका विजेता टिमका सागर रसाइली खेलको उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनलाई कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा–३ नं. वडा कार्यालयका वडाध्यक्ष सीताराम भट्टराई, आयोजक सचेत युवा समूहका अध्यक्ष राजेन्द्रकुमार साँवालगायतले नगद पुरस्कार एक हजारसहित ट्रफी प्रदान गरेका थिए । उक्त नगद पुरस्कार अर्जुनधारा नगर सभा सदस्य प्रेम उपरकोटीले सौजन्य गरेका थिए ।
त्यसैगरी सोही दिन सम्पन्न दोस्रो खेलमा शनिश्चरे बहुमुखी क्याम्पस(अर्जुनधारा नगरपालिका)लाई २–० गोल अन्तरले पराजित गर्दै ब्रदर्स युनाईटेड फुटबल क्लब क्वाटरफाइनल पुग्न सफल भएको हो ।
ब्रदर्स युनाईटेडको जीतका लागि खेलको २०औं र २४औं मिनेटमा क्रमश सरोज कार्की र सविन थापा मगरले गोल गरेका थिए । विजेता टिमका सरोज कार्की खेलको उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनलाई कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा–३ नं. वडा कार्यालयका वडाध्यक्ष सीताराम भट्टराई, सभाध्यक्ष साँवालगायतले नगद पुरस्कार एक हजारसहित ट्रफी प्रदान गरेका थिए । उक्त नगद पुरस्कार अर्का नगर सभा सदस्य बलबहादुर समाल मगरले सौजन्य गरेका थिए ।
प्रतियोगिता अन्र्तगत भोली(बुधबार)को पहिलो खेल विहान १२ बजे जुनतारा  फुटबल क्लब(झापा गाँउपालिका) र शनिश्चरे फुटबल क्लब(अर्जुनधारा नगरपालिका) तथा दोस्रो खेल दिँउसो २ बजे नव विहानी फुटबल क्लब(माई नगरपालिका) र आरबीएम युनाइटेड फुटबल क्लबबीच हुने आयोजक सचेत युवा समूहका सल्लाहकार मुकुन्द भण्डारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here