आगलागीका घटनामा बढोत्तरी

0
15
काठमाडौँ,
सावधानी र जनचेतनाको अभावमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही कात्तिक १७ देखि १८ गते बिहानसम्म देशभर नौ वटा आगलागीका घटना भएका छन् ।
प्राधिकरणका अनुसार झापा, मोरङ, महोत्तरी, सर्लाही, रौतहट, बारा, गोरखा, पर्वत र कैलालीमा आगलागीका घटना भएका छन् । देशभर कूल १८ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर तीन जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार कूल रु ११ लाख ० हजार एक सय बराबरको क्षति भएको छ ।
यस्तै, रसुवामा हावाहुरीका कारण क्षति पुगेको छ । गोसाइँकुण्ड गापा–४ लाङटाङस्थित हावाहुरी र माथिबाट खसेको हिमपहिरोका कारण स्थानीय होटलमा क्षति पुगेको छ । भोजपुर, खोटाङ र ललितपुरमा पहिरोका घटना भएका छन् ।
दोलखाको गौरीशङ्कर गापा–९ स्थित येलुङ रि हिमाल आरोहणका लागि गएका नेपाली पथप्रदर्शक तथा विदेशी नागरिक समेत गरी १२ जना गएकामा हिमाल आरोहण गर्ने क्रममा हिउँ पहिरोमा परी चार जना विदेशी नागरिक बेपत्ता भएका छन् । दुई नेपाली र एक विदेशी गरी तीन जनाको मृत्यु र पाँच नेपाली घाइते भएका छन् ।
गोरखाको चुननुब्रीमा हिमपातका कारण प्रभावित भएकालाई उद्धार गरिएको छ । सिरहा, तनहुँ र कैलालीमा भने सर्पदंशकारण तीन जना घाइते भइ उपचारका क्रममा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here