[राम घिमिरे]
आजभोलि पतिपत्नीबीचको तनावका कारणले घरपरिवार विखण्डन हुन थालेको छ । चाहे त्यो परिवार धनी या गरीब जे भए पनि सबै किसिमका घरपरिवारमा तनाव भइरहेको पाइन्छ । पतिपत्निबीचमा बाबुछोरा या छोरीमा बढीमा देखिने घर झगडा पतिपत्निबीचमै हुने भएकाले हरेक घरपरिवारमा साधारणतया कहिलेकाँही तर्क–वितर्क हुन्छ नै यो स्वाभाविक हो । तर, दैनिक हुने झगडाले तनाव निम्त्याउँछ त्यो चाहिँ धेरै जटिल हुन्छ यसका कारणहरु के–के हुन् त ? पतिपत्निबीचमा हुने तनावको पहिलो कारण हो– असमझदारी र दोस्रो शंका र समझदारी नहुनु यो ठूलो रोग हो । राति सुत्यो निन्द्रा नलाग्ने अनावश्यक कुरा खेल्ने सोच्ने शंका गर्ने दैनिकी यस्तै भएमा त्यसले डिप्रेसनको शिकार हुनुपर्छ ।
डिप्रेसनमा पनि दुई किसिमका मानिस हुन्छन् । त्यस्तो व्यक्ति जो आपूmलाई ग्लानी र निच सम्झने आपूm डिभोर्लाइज भएको अनुभव गर्ने, यस्तो रोग निधान भएन भने अन्त्यमा पागल हुन्छ या आत्महत्या सम्मगर्न हिचकिचाउँदैनन् । तर, त्यसको समयमा उपचार भयो भने ठीक हुन पनि सक्छ । अर्को यस्तो व्यक्ति हो जो आफूलाई निच कहिल्यै भन्दैन उसले आफूले गरेका गल्ती कमजोरी भुल्छ र सबै गल्ती–कमजोरी अर्कैलाई थोपरी आफू सच्चा इमान्दार बफादार बन्दछ । अरुको सही कामको प्रशंसा होइन शंका गर्ने, गल्ती ठहराउने गर्नाले आफूमा अहमता आउँछ । त्यस्ता व्यक्तिहरुको मन भने आत्महत्या नगर्नेखालको हुन्छ । आपूmलाई निच र बेकम्बा ठान्दैनन् त्यसको पनि समयमा उपचार गराए ठीक हुन्छ ।
जब मानिसले विवाह गर्छ अलिकदिन उसको जिन्दगी सुखमय बित्ला त्यसपछि पतिपत्निबीचमा सानो–सानो कुरामा झगडा हुन्छ । प्रायजसो पतिपत्नि एउटा मानिस पुरुष भए त्यो विवाहपछि बाबु बन्ला केही वर्ष बितेपछि हजुरबा हुँदै बृद्ध हुन्छ र अन्त्यमा त्यसले मृत्यु बरण गर्दछ यो ध्रुवसत्य हो । त्यस्तै, स्त्री जाति भए त्यो छोरी–बुहारी आमा–हजुरआमा हुँदै उनले पनि बृद्ध भएर मृत्युवरण गर्छिन् । मानिसको सोच जहिले पनि सकारात्मक हुनुपर्छ । पतिपत्नी दुबै कमाउनेमा पनि यस्तो होला कममात्रमा तर, पति कमाउने पत्नी गृहणी भएर समाधानको बाटो निस्किएला ।
अबुझ लोग्नेको पनि आनिबानी चालचलनमा भर पर्छ । त्यस्तो रेकर्ड पत्नीले भेटेको हुनुप¥यो । कोही जोडी त्यस्ता पनि होलान् तर पनि समाधान खोज्नु प¥यो नत्र तनावले डिभोर्ससम्म पु¥याउँछ । दैनिकको तनावमा द्वन्द्व भए विशेषतः पतिको मादकपदार्थ सेवन गर्ने बानी हुन्छ भने उसले अन्य नराम्रा काम गर्न पनि सक्ला अर्थात् व्यक्तिले जे गर्न सक्छ । त्यस्तो व्यक्तिलाई उसकी पत्नीले बानी सुधार्न मद्दत गर्नुपर्छ ।
त्यसैले अनावश्यक शंका उपशंका कसैले नगरुन् जब त्यो यथार्थ होइन भने हामी तनावमुक्त हुनुपर्छ । आनन्द कहाँ छ ? शान्ति कहाँ छ ? गौतम बुद्धले यसको खोजिमा संसार घुमे अन्त्यमा आनन्दभित्र लुकेको बसेको छ । अर्काको चर्चा नगर्नु, झुटो नबोल्नु, जहिल्यै अगाडिको बाटो रोज्नु पुराना अनावश्यक कुरालाई चटक्कै बिर्सिदिनुस् । सरल शान्त स्वभावबाट ठूला–ठूला काम बन्दछन् । ठूला–ठूला दार्शनिकहरुको भनाई हो यो । सोच राम्रो भए भाग्यले साथ दिन्छ । पतिपत्नि जीवनको रथका दुईपाङ्ग्रा पनि हो जो एउटाले गाडी चल्दैन दुबैको सहयोग भरोसा चाहिन्छ । जीवन बिताउन तपाई बाबुआमा राम्रो सोचमा हुनुहुन्छ भने तपाईका सन्तान दर सन्तान भविश्यमा सफल भएर जान्छन् । त्यसैले तनावलाई पर सारेर सकारात्मक सोच राखियो भने पतिपत्निबीच हुने तनाव कम गर्न सकिन्छ ।