चालकलाई सहयोग

0
401

बिर्तामोड, माघ २५। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेची राजमार्ग इकाइ कमिटीका प्रथम साधारण भेला सम्पन्न भएको छ ।
भेलामा शहीद गंगालाल हृदय रोग निवारण केन्द्र काठमाडौंमा उपचाररत् पाँचथर जिल्ला फिदिम नगरपालिकाका मुटु रोगी चालक तथा संगठनका सदस्य कुमार विकलाई उपचार खर्चवापत नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेची राजमार्ग इकाइ कमिटीबाट रु. २५ हजार तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेची अञ्चल कमिटीबाट २५ हजार गरी जम्मा ५० हजार आर्थिक सहयोग प्रदान गरिएको थियो ।
कमिटीका अध्यक्ष मंगलसिह राईको अध्यक्षतामा सम्पन्न भेलामा अध्यक्ष राईले कमिटीको गतिविधि तथा आय–व्यय प्रस्तुत गरेका थिए । भेलाले आगामी दिनमा चालकहरुको दैनिक समस्याहरु र त्यसका समाधानका उपायहरु बारे खोजी गर्ने निर्णय समेत गरेको बताइएको छ ।
भेलामा नेपाल ट्रेड युनियन महासंघ जिफण्ट प्रदेश नं. संगठन कमिटीका सदस्य सन्तकुमार राई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेची अञ्चल इञ्चार्ज हस्तराज राई, मेची अञ्चल अध्यक्ष सन्तोष वान्तावा लगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here