६२ एकल महिला सम्मानित

0
306

 

खुदुनाबारी, माघ २५। दानाबारी–१ र ३ मा अवस्थित नमूना सामुदायिक वन उपभोतmा समूहले ६२ जना एकल महिलालाई सम्मान गरेको छ ।
समाज परिवर्तन गर्ने महिलाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै नगद १ हजारसहित दोसल्ला ओडाएर उनीहरुलाई सम्मान गरिएको हो ।
नमूना सामुदायिक वनका अध्यक्ष छविलाल आचार्यको सभापतित्व तथा लक्ष्मीपुर इलाका वन कार्यालयकी लक्ष्मी राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शुक्रमाया तामाङले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा नेपाली कांग्रेसका मोहन नेम्बाङ, नेकपा एमालेका दुर्गा शंकर, नमूना युवा क्लबका अध्यक्ष बासुदेव भट्टराई, लालीगुराँस महिला समूहकी अध्यक्ष गौरीमाया काफ्ले, सयपत्री सामुदायिक वनका अध्यक्ष प्रेमबहादुर कटुवाल, संघीय समाजवादी फोरमका ओपेन्द्र राई, गरुवा बहुमुखी क्याम्पसका प्रमुख तारानाथ दाहाल, कनकाई माविका सहायक प्रमुख हरिप्रसाद पौड्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष आचार्यले जंगलमा डढेलो लगाउनेलाई २५ हजार रुपैयाँ जरिवानाको व्यवस्था भएको जनाउँदै डढेलो लगाउने व्यतिm पहिचान गर्नेलाई समेत २५ हजार रुपैयाँ प्रदान गर्ने बताए ।
कार्यक्रममा सम्मानित व्यतिmत्वको तर्फबाट एकल महिला सरिता खालिङले एकल महिलाहरुलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइन् ।
कार्यक्रमको सञ्चालन भक्त काफ्लेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here