विशाल सामुदायिक वनको आठौं सभा

0
299

पृथ्वीनगर, माघ २५। विशाल सामुदायिक वन उपभोक्ता समूह पृथ्वीनगर– ३ को आठौं साधारण सभा सम्पन्न भएको छ ।
उपभोक्ता समूहका अध्यक्ष इन्द्रलाल पुरीको अध्यक्षता तथा सगरमाथा रेञ्जपोष्टका प्रमुख बुनीलाल शाहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला वन महासंघका सदस्य धनश्याम खनालको विशिष्ठ आतिथ्य रहेको थियो ।
कार्यक्रममा अध्यक्ष इन्द्रलाल पुरीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जस अनुसार आगामी वर्ष २०७३÷०७४ का लागि ३३ लाख १५ हजार रुपैयाँ अनुमानित बजेट समेत प्रस्तुत गरिएको थियो ।
सोही अवसरमा आ.व. २०७२÷०७३ को आयतर्पm २२ लाख ७८ हजार ८३ रुपैयाँ र खर्चतर्पm १३ लाख ७६ हजार ६ सय ९७ रुपैयाँ र बचत ९ लाख १ हजार ३ सय ८६ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा चार जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा ८० वर्षीय दिलबहादुर मगर, ९४ वर्षीया बेलमती सुनुवार, पूर्व अध्यक्ष जगतबहादुर तामाङ र पूर्व अध्यक्ष राजेश मादेन रहेका थिए ।
कार्यक्रममा घनश्याम खनाल, धनेन्द्र लिङ्गदेन, हेम राई, गोपाल दास, इन्द्रलाल पुरी, बुनिलाल साह लगायतले बोलेका थिए ।
समूहका सचिव सोममाया तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन ध्रुव तामाङले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here