पौडेललाई मोबाइल उपहार

0
506

बिर्तामोड, माघ २५। बाबा भेजिटेबल आयल इण्ड्रष्ट्रिज प्रालि कटहरी मोरङ नेपालद्वारा उत्पादित बाबा गुड हेल्थ सन् फ्लावर तेल बिक्री–वितरण गर्ने २५ जना ग्राहकलाई उपहार प्रदान गरिएको छ ।
गत भदौदेखि कात्तिकसम्म सबैभन्दा बढी बाबा गुड हेल्थ सन् फ्लावर तेल बिक्री गर्ने ग्राहकलाई मोबाइल, चाँदीका सिक्का लगायतका उपहार प्रदान गरिएको कम्पनीका सेल्स म्यानेजर मनोज राठीले जानकारी दिए ।
यस अन्तर्गत झापा धुलाबारीका व्यवसायी भूमि पौडेललाई जेडटीसी ब्लेड सेभेन मोबाइल उपहार स्वरुप प्रदान गरिएको छ ।
धुलाबारीस्थित पौडेल किराना पसलका सञ्चालक पौडेलले २५ सय कार्टुन बाबा गुड हेल्थ सन् फ्लावर तेल बिक्री गरेवापत २६ हजार पाँच सय मूल्य बराबरको मोबाइल प्रदान गरिएको राठीले बताए । पौडेललाई उक्त मोबाइल कम्पनीका म्यानेजर कृष्णचन्द्र स्वाइन र सेल्स म्यानेजर मनोठ राठीले प्रदान गरेका थिए ।
सोही मोबाइल विराटनगरका राजेश लोहियालाई समेत प्रदान गरिएको बताइएको छ । त्यस्तै, तीन महिनामा एक हजार कार्टुनभन्दा बढी तेल बेच्ने २३ जना ग्राहकलाई चाँदीको सिक्का उपहार स्वरुप प्रदान गरिएको कम्पनीका मार्केटिङ म्यानेजर जितेन्द्र साहले बताए । उक्त स्किम पुसदेखि आगामी असारसम्म समेत सञ्चालन गरिने बताइएको छ ।
त्यस्तै १० हजार कार्टुन तेल बिक्री गर्ने ग्राहकलाई दुबई भ्रमण, सात हजार पाँच सय कार्टुन तेल बिक्री गर्ने ग्राहकलाई एक केजी चाँदी, पाँच हजार कार्टुन तेल बिक्री गर्ने ग्राहकलाई एक थान एलइडी र तीन हजार कार्टुन तेल बिक्री गर्ने ग्राहकलाई एक थान ल्यापटप उपहार स्वरुप प्रदान गरिने कम्पनीका सेल्स म्यानेजर मनोज राठीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here