अनुष्का श्रेष्ठ बनिन् ‘मिस नेपाल वर्ल्ड २०१९’

0
426

झापा ।

यो वर्षको मिस नेपाल वल्र्डको उपाधि अनुष्का श्रेष्ठले जित्न सफल भएकी छिन् । बिहीबार भएको फाइनल चरणमा २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्का मिस नेपालको उपाधि जितेकी हुन् ।

‘अधिकार र कर्तव्यमा कुन बढी जिम्मेवारी हुन्छ भन्ने प्रश्नको  उत्कृष्ट जवाफ दिएर अनुष्काले मिस नेपालको उपाधि जितेकी हुन् । उनले अब मिस वर्ल्डमा सहभागिता जनाउन पाउनेछिन् ।

अनुष्कालाई ‘मिस नेपाल २०१८’ की शृंखला खतिवडाले ताज पहिराएकी थिइन् । अनुष्काले अब मिस वर्ल्ड मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

कुन विधामा कसले जिते उपाधि ?

मिस नेपाल वर्ल्ड– अनुष्का श्रेष्ठ
मिस नेपाल युनिभर्स– प्रदिप्ता अधिकारी
मिस नेपाल सुपर नेशनल– रोज लामा
मिस नेपाल अर्थ– रीया बस्नेत
मिस नेपाल इन्टरनेशनल– मीरा कक्षपति
ब्युटी विथ पर्पस– निकिता कर्माचार्य
मिस कन्फिडेन्स– निशा पाठक
पपुलर च्वाइस– रीया बस्नेत
मिस फ्यासिनो– अनुष्का श्रेष्ठ
मिस बेस्ट एथ्लेट्स– प्रदिप्ता अधिकारी

उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here