बिर्तामोड, शिक्षा , बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको रुपान्तरणका लागि नमूना विद्यालयको अवधारणा अघि सारिएको बताउनुभएको छ । उहाँले सामुदायिक विद्यालयको रुपान्तरणको दशक शुरु भएको बताउँदै शिक्षालाई विज्ञान र प्रविधिसंग जोड्न सरकार लागि परेको स्पष्ट पार्नुभयो ।
आज बिर्तामोड– ५ मा महेन्द्ररत्न माविको नमूना विद्यालयको शिलन्यास गर्दै मन्त्री पोखरेलले शिक्षामा छलफल, सुधार र क्रान्तिको आवश्यकता औंल्याउनुभयो । ‘नमूना विद्यालयको मूल उद्देश्यलाई आत्मसात गर्न जरुरी छ’ उहाँले भन्नुभयो – ‘सार्वजनिक शिक्षाले वर्गको अन्त्य गर्नु पर्छ ।’
देश कता जाने त्यसको फैसला सार्वजनिक शिक्षाले गर्ने बताउनुभएका मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई आशा र भरोषाको केन्द्र बनाउन नमूना विद्यालयको अवधारणा अघि सारिएको उहाँले दोहो¥याउनुभयो । सामुदायिक विद्यालयको रुपान्तरणका लागि नमूना विद्यालयको भौतिक संरचना गौण भएको उल्लेख गर्नुभएका मन्त्री पोखरेलले शिक्षण सिकाईले नमूना हुनु प¥यो शिक्षालाई पैसा कमाउन फ्याक्ट्रीका रुपमा बुझ्ने गलत चिन्तन अन्त्य हुनु पर्ने उहाँको तर्क छ ।
शिक्षाले देश माटो र मातृ भूमिसंगको सम्वन्ध विच्छेद हुने गरी काम गरिरहेको बताउनुभएका मन्त्री पोखरेलले विद्यानलयले त्यसलाई रोक्न सक्नुपर्ने बताउनुभयो । ‘विद्यालयले नै शिक्षामा विभेद गरेको छ , अब त्यसको अन्त्य गर्नुपर्छ ’ उहाँले भन्नुभयो – अंग्रेजी पढाउने लोभमा विद्यार्थीलाई बिगार्ने काम भएको छ सबै विद्यालयमा नेपाली विषयपनि पढाई हुनुपर्छ ।’
अंग्रेजी पढ्न जानेका भरमा सबै युवा युरोप र अमेरिका पुगेका छन् त्यस्तो परम्पराको अन्त्य हुनुपर्छ मन्त्री पोखरेलले भन्नुभयो –‘अंग्रेजी जानेका भनिएका सवै युवा विदेस जाने र उतै पलायन हुने हो भने देश कसरी समृद्धिको बाटोमा जान्छ’ उहाँले प्रतिप्रश्न गर्नुभयो ।
विद्यार्थीलाई स्वागतमा लाम लगाउने परम्पराको तत्काल अन्त्य गर्न निर्देशान दिनुभएका मन्त्री पोखरेलले विद्यार्थी विद्यालय सिक्न आएका हुन भन्दै अगाडि भन्नुभयो –‘ विद्यालय व्वस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक, अभिभावक स्वागतमा बस्नुहोस नेता र मन्त्रीको स्वागतका लागि विद्यार्थी विद्यालय आएका होइनन् ।’
मन्त्री पोखरेलले सिकाई भनेको पढ्नु मात्र होइन खेलेर पनि नाम राख्न सकिन्छ भन्ने प्रमाणित भइसकेको बताउदै विद्यार्थीले जे विषयमा अध्ययन गर्न चाहन्छ सोही विषयको शिक्षा दिन जरुरी रहेको बताउनुभयो । हरित विद्यालयको अवधारणामा जोड दिनुभएका मन्त्री पोखरेलले राम्रो भवन छ स्वीमिङ पुल बनाएका छौं भनेर अभिभावक र विद्यार्थीलाई भन्नुभन्दा पनि पढाइको गुणस्तरमा ध्यान दिनसक्ने पर्ने बताउनुभयो ।
एक अर्ब ३७ करोड रुपैयाँको लागत स्टमेट गरिएको सो विद्यालयलाई यस वर्ष सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने मन्त्री पोखरेलले जानकारी दिनुभयो । झाजुसिंह राजवंशी र सतानुसिंह राजवंशीले दिएको नौ विगाह १० कठ्ठा जग्गामा भवन शिलन्यास भएको हो । भवन निर्माणका लागि कानून व्यवसायी टंक उप्रेतीको संयोजकत्वमा निर्माण समिति गठन गरिएको छ । सोही समितिले विद्यालयको जग्गा व्यवस्थापन गरेको त्यहाँ रहेका घर टहरा तथा अन्य संरचना हटाउने कार्य अन्तिम चरणमा पु¥याएको छ । साझेदारी प्रतिष्पर्धा र एकता झापामा प्रर्दसित भएको उल्लेख गर्नुभएका मन्त्री पोखरेलले प्रतिपक्ष र सत्ता पक्ष एकै ठाउँमा बस्ने र अघि वढ्ने झापाको नमूना देशभरका लागि पाठ हुने उहाँको भनाई छ ।
विद्यालय व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष पर्शुराम सिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा विर्तामोड नगरपाकिलाका प्रमुख धुव्रकुमार सिवाकोटीले शिक्षा मन्त्री आएर भवन शिलन्यास गर्दैमा कुनै अर्थ नरहने बताउनुभयो । उहाँले भन्नुभयो –‘ मन्त्रीले स्थानीय सरकारको वास्तविकता वुझ्ने र सुन्ने कुरा गरेर आफ्नो भनाई राखेको भए उपयुक्त हुन्थ्यो त्यसले विद्यालय बनाउन केही आधार खडा गथ्र्याे तर, स्थानीयको कुनै नसुनी आफ्नो मात्रै कुरा गर्नु असान्र्दभीक भयो ।’
उहाँले यस्तै प्रकृतिका दुई वटा विद्यालय बिर्तामोड नगरपालिका भित्र बनाउने लक्ष्यका साथ स्थानीय सरकार लागि परेको उल्लेख गर्दै बिर्तामोड – ५ र ९ नम्वर वडामा नमूना विद्यालय स्थापना गर्ने घोषणा गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक मोहन पाहिमले विद्यालयको गतिविधिका विषयमा प्रकास पार्दै मल्टिमिडिया प्रणालीमा पठन पाठन शुरु भएको बताउनुभयो । अहिले विद्यालय रहेको ठाउँ बिर्तामोड – ३ मा नर्सरी देखि ५ र शिलन्यास भएको ठाउँबाट ६ देखि कक्षा १२ सम्मको पठनपाठन गर्ने योजनाका साथ महेन्द्ररत्न माविको नमूना विद्यालय भवन शिलन्यास गरिएको बताउनुभयो ।
२०१४ सालमा छत्र केशरी प्रसाईको अगुवाइमा स्थापना महेन्द्ररत्न मल्टिपर्पस मिडल स्कूलको नामबाट शुरु भएको सो विद्यालयमा अहिले १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् । सीपी कडरियाले सञ्चालन गरेको शिलन्यास कार्यक्रमम राप्रपाका केन्द्रीय सदस्य राजकुमार पोखरेलले बोल्नुभएको थियो ।