उद्धार गरिएका महिलालाई परिवारको जिम्मा

0
516

भद्रपुर।

भारतबाट उद्धार गरी ल्याइएका १५ जना महिलालाई परिवारको जिम्मा लगाइएको छ ।

भारतको उत्तरपूर्वी राज्य मिजोरमबाट उद्धार गरिएका २३ जना महिलामध्ये १५ जनालाई परिवारको जिम्मा लगाइएको हो । माइती नेपालका निर्देशक विश्वराम खड्काका अनुसार उनीहरूलाई वैशाख २६ गते काँकरभिट्टा हुँदै नेपाल ल्याएर माइती नेपालको संरक्षणमा राखिएको थियो ।

झापा, सुनसरी, मोरङ र इलामका महिलालाई परिवारको जिम्मा लगाइएको र बाँकी आठ जनालाई भने काठमाडौँ पु¥याइएको बताइएको छ । सिन्धुपाल्चोक, सुर्खेत र बाँकेका ती महिलालाई आइतबार परिवारको जिम्मा लगाइएको माइती नेपालले जनाएको छ ।

वैदेशिक रोजगारीका लागि भारत हुँदै अवैधानिक बाटोबाट विभिन्न देश जान लागेका २३ जना महिलालाई भारतको मिजोरमबाट उद्धार गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here