कुर्सीको सुरक्षा गर्न नसक्दा बिर्तामोडका डीएसपी कारबार्हीमा

0
580

झापा ।

इलाका प्रहरी कार्यालय अनारमनी झापाका प्रहरी नायव उपरीक्षक(डिएसप) सुवास खड्का आन्तरिक कारबाहीमा परेका छन् ।

चैत अन्त्य र वैशाख पहिलो साता हिरासतमा रहेका किशोरले आत्महत्या गरेको घटनामा कारबाहीको माग गरिए पनि कारबाही हुन नसकिरहेको बेला डिएसपी खड्का अन्ततः एउटा फोटोले कारबाहीमा परेका छन् ।

दलित अगुवा, मानवअधिकारकर्मी लगायत नागरिक समाजले कारबाहीका लागि चर्को दबाब दिँदा पनि निर्दोष देखिएका डिएसपी अहिले १ नम्बर प्रदेश कार्यालय विराटनगरमा तानिएका छन् । आफ्नो कार्यकक्षमा सर्वसाधारणले फोटो खिचाएर सामाजिक सञ्जालमा पोस्ट गरेपछि डिएसपी कारबाहीमा परेका हुन् ।

कार्यकक्ष बाहिर र भित्रको नेमप्लेटमा डिएसपी खड्काकै नाम रहेको कुसीमा ३० वर्षीय हर्कराज गुरुङ नाम गरेका व्यक्तिले तस्वीर खिचेर एक दिनको लागि म पुलिस डिएसपी भन्दै सामाजिक सञ्जालमा फोटो पोस्ट गरेपछि उनी आन्तरिक कारबाहीमा परेका हुन् ।

गुरुङ भने आफूलाई पुलिसको मान्छे भन्दै सर्वसाधारण र व्यापारीलाई थर्काउँदै हिँड्ने व्यक्ति भएका पीडितहरुले यसअघि प्रहरीलाई बताउँदै आएका थिए । पछिल्लो एक घटनामा गुरुङले एक होटल सञ्चालकलाई कुटपिट गरेपछि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । यसअघि गुरुङले फोटो पोस्ट गरिसकेका थिए ।

गुरुङको यसै हर्कतका कारण खड्कालाई इलाका प्रहरी प्रमुखबाट हटाएर आन्तरिक कारबाही गरिएको छ । डिएसपी खड्कालाई आइतबार नै प्रदेश प्रहरी कार्यालयमा झिकाइएको प्रहरी स्रोतले जनाएको छ । एक नम्वर प्रदेश प्रहरी प्रमुख डिआइजी केदार रिजालले प्रहरी संगठनको हित र मर्म विपरित काम गर्ने जो कोहिलाई पनि छुट नहुने बताउनु भयो ।

डिएसपी खड्कालाई विराटनगर प्रदेश कार्यालयमा झिकाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।डिएसपी खड्का नभएको मौका पारेर उनकै कार्यकक्षको कुर्सीमा नेम प्लेट र प्रहरीको झण्डा टेवलमा राखेर तस्विर खिच्ने झापाको दमक घर बताउने ३० वर्षिय हर्कराज गुरुङलाई अभद्र व्यवहार तथा साइबर क्राइम अन्तर्गत कार्वाही गरीने प्रहरीले जनाएको छ ।

डिएसपी खड्का काठमाडौंबाट सरुवा भएर चार महिना अघि इलाका प्रहरी कार्यालय अनारमनी आएका थिए । २०७५ साल माघ ७ गते विर्तामोड प्रहरी इन्चार्ज भएका डिएसपी खड्का ५ महिना नवित्तै कार्वाहीमा परेर तानिएका हुन् ।-न्यूज सञ्जालबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here